मोटरसाइकलमा लामो यात्रा गर्दा साथमा बोक्नु पर्ने ४ किट

काठमाडौं । फेस्टिभ सिजनमा हामीलाई धेरै घुम्ने समय मिल्छ । यस्तो समयमा धेरै नेपालीहरु मोटरसाइकलमा घुम्न जाने गरेको पाइन्छ ।

चाडपर्वको समयमा सबैजसो वर्कशप तथा गराजहरु समेत बन्द हुने गरेको छ । यस्तो समयमा लामो यात्रामा जाँदा मोटरसाइकलमा समस्या आउँदा यात्रा नै खल्लो हुने गर्छ ।

अझै ग्रुपमा यस्तो राइडमा जाँदा एउटा मोटरसाइकल विग्रदा समेत सबैको प्लान नै विग्रने समस्या हुन्छ ।

यस्तो समयमा मोटरसाइकलमा सामान्य समस्या आउँदा आफैले नै समस्या समाधान गर्न सकिन्छ । त्यसका लागि यात्रामा निस्कनुभन्दा अघिनै सामान्य तयारी गरेर यात्रालाई सहज रुपमा सफल पार्न सकिन्छ ।

त्यसैले यात्रामा निस्कनु अघि यी सामान्य किटहरु लिनु उपयुक्त हुन्छ ।

एयर किट

आजकल बजारमा सामान्य पावर ब्यांकको साइजमा मोटरसमाइकलमा ४ पटक हावा हाल्ने मेसिन सहजै किन्न पाइन्छ । यसलाई चार्ज गरेर प्रयोग गर्न सकिन्छ । यस्तो समयमा लामो यात्रामा निस्कदा मोटरसाइकलमा हावा कम भएको अवस्थामा सहजै हावा हालेर समस्याको समाधन गर्न सकिन्छ । यो मेसिन २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्ममा उपलब्ध रहेको छ ।

पंचर किट

हिजोआज बजारमा सहजै पंचर किट किन्न पाइन्छ । सामान्य खर्चमा नै मोटरसाइकलको पंचर टाल्न सकिन्छ ।

पंचर किटमा टायर होल गर्ने सामान्य नच (चुच्चो) र स्ट्रीङ हाल्न मिल्ने होल (प्वाल) भएको अर्को नच हुन्छ । टायरमा प्वाल परेको स्थान पत्ता लगाएरमा त्यसमा नचको सहयताले स्ट्रीङ राखेर पंचर टाल्न सकिन्छ । पंचर टालेर एयर किटको साहायताले हावा भर्न सकिन्छ । यसका लागि ट्यूवलेस टायर हुन जरुरी छ । यस्तो किट १ हजार रुपैयाँभन्दा कम मूल्यमा नै किन्न सकिन्छ ।

चेन स्प्रे/ब्रस

बजारमा धेरै प्रकारका चेन स्प्रेहरु किन्न पाइन्छ । यस्ता चेन स्प्रेहरु ३०० रुपैयाँदेखि नै किन्न सकिन्छ ।

लामो यात्रामा जाँदा चेन सुख्खा हुने र चेनबाट नराम्रो आवाज आउने हुन्छ भने मोटरसाइकलको पर्फमेन्समा समेत असर गर्छ । यस्तो अवस्थामा चेन ब्रसको सहायताले चेन सफा गरेर स्प्रे गर्न सकिन्छ ।

पेट्रोल पाउच प्याक

नेपालको धेरै जस्तो पहाडी भुभागमा पेट्रोलपम्म सहजै भेट्न गाह्रो हुन्छ । अझै चाडवाडको समयमा पेट्रोल पम्प बन्द हुने सम्भावना धेरै हुन्छ ।

यस्तो अवस्थामा हामीले आफुलाई आवश्यक पर्ने पेट्रोल बोक्न आजकल साना प्याकहरु किन्न सकिन्छ । जसलाई सामान्य तरीकाले बोक्न सकिन्छ र आवश्यक पर्दा प्रयोग गर्न सकिन्छ ।


Back_to_top