काठमाडौं । चिनियाँ कम्पनी जोन्टेसले नेपाली बजारमा १२५ सीसीदेखि ३५० सीसीसम्म मोटरसाइकल बिक्री गरिरहेको छ । जोन्टेस मोटरसाइकल नेपाल भित्र्याउने कम्पनी आइरन मंकले प्रिमियम मूल्यका मोटरसाइकल बिक्री गर्दै आएको छ ।
जोन्टेसको १२५ सीसी मोटरसाइकलको मूल्य नै रोयल इनफिल्ड हन्टर ३५० को जत्तिकै छ । जोन्टेसले फरक डिजाइन भएको एड्भेन्चर मोटार्ड जीटी १२५ मोटरसाइकलमा धेरै फिचरहरू सेग्मेन्ट फ्रस्ट रहेका छन् ।
डिजाइनका आधारमा निकै फरक रहेको तर मूल्यमा ३५० सीसी जत्तिकै भएको जोन्टेस १२५ एड्भेन्चर मोटार्ड डिजाइनमा तयार पारिएको एग्रेसिभ लुक भएको मोटरसाइकल हो ।
त्यस्तै, मोर्डन रेट्रो लुक भएको रोयल इनफिल्ड हन्टर क्रुजर डिजाइनमा तयार पारिएको मोटरसाइकल हो ।

यी दुई मोटरसाइकलको इन्जिनमा भने धेरै भिन्नता रहेको छ । रोयल इनफिल्ड हन्टर ३५० मा ३४९ सीसी सिंगल सिलिण्डर फ्यूल इन्जेक्ट एसओएचसी एयर एण्ड आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ हर्सपावर र ४००० आरपीएममा २७ न्युटन मिटर टर्क जेनेरेट गर्छ । यो इन्जिनसँग ५ स्पीडको गियरबक्स उपलब्ध छ ।
जोन्टेस जीटी १२५ मा यूरो ५ मापदण्डका लिक्वीड कुल्ड १२५ सीसी एफआई इन्जिन रहेको छ । यो इन्जिनले १४.०४ हर्स पावर र १३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स उपलब्ध छ ।

रोयल इनफिल्डको नेपालमा लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ४ लाख ५९ हजार रुपैयाँ सुरूआती मूल्य राखेर हन्टर ३५० को बिक्री गर्दै आएको छ । त्यस्तै, आइरन मंकले ४ लाख ३९ हजार रुपैयाँ तोकेर जोन्टेस जीटी १२५ बिक्री गर्दै आएको छ ।
मूल्यका हिसाबले उस्तै पर्न आउने यी दुई मोटरसाइकल ग्राहकले आफ्नो आवश्यकता अनुसार छनोट गर्न सक्नेछन्


