काठमाडौं । भारत सरकारले चिनियाँ कम्पनीलाई विभिन्न माध्यमबाट लगानी वृद्धिमा अंकुश लगाएसँगै चीनको एसएआईसी ग्रुपको स्वामित्वमा रहेको एमजी मोटर्स इन्डियामा जिन्दाल समूहले लगानी गर्ने भएको छ । एमजी मोटर्स र जिन्दाल समूहको ‘जेएसडब्लू’ कम्पनी बीच सेयर खरिद बिक्री पत्रमा हस्ताक्षर भएको हो ।
यी दुई कम्पनी बीचको सम्झौंता एमजीको लण्डन स्थित कार्यालयमा भएको हो । उक्त सम्झौंता पत्रमा एसएआईसी ग्रुपका अध्यक्ष वाङ साउच्यू र जेएसडक्लू पर्थ जिन्दालले हस्ताक्षर गरेका हुन् ।
एसएआईसी ग्रुपले एसजेडब्लू ग्रुपलाई ३५ प्रतिशत सेयर बिक्री गरेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । यी दुई कम्पनीको संयुक्त लगानीमा थप नयाँ प्रोडक्टहरु भारतीय बजारको लागि विकास गरिने जनाइएको छ ।


