काठमाडौं । केटीएम डूक २०० र एड्भेन्चर २५० को मूल्य वृद्धि भएको छ । केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारीक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले १० यी दुई मोडलमा हजार रुपैयाँसम्मले मूल्य वृद्धि गरेका हुन् ।
कम्पनीले नयाँ बजेटले कर छुट दिए पश्चात केटीएम २५० एड्भेन्चरको मूल्य घटाएको थियो ।
बजेट पश्चात ५० हजार रुपैयाँले घटेको मोटरसाइकलको मूल्य अहिले १० हजार रुपैयाले बढेको हो । कम्पनीले डूक २०० को मूल्य ५ हजार रुपैयाँले वृद्धि गरेको छ ।
यसअघि ६ लाख ९९ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको केटीएम २५० एड्भेन्चरको मूल्य ७ लाख ९ हजार ९०० रुपैयाँ निर्धारण गरेको हो । त्यस्तै ५ लाख ६४ हजार ९०० रुपैयाँको डूक २०० को नयाँ मूल्य ५ लाख ६९ हजार ९०० रुपैयाँ पुर्याइएको हो ।
कम्पनीले नेपाली बजारमा डूक २००, डूक २५०, २५० एड्भेन्चर, ३९० एड्भेन्चर र आरसी २०० बिक्री गर्दै आएको छ । कम्पनीले सबै मोडल बीएस ६ इन्जिन भएका मोटरसाइकल उपलब्ध गराउँदै आएको हो ।


