पाँच तस्बिरमा हेर्नुहोस् ओमोडा ‘ई-५’, चाँडै नेपाल आउने

काठमाडौं । चिनियाँ अटोमोवाइल ब्राण्ड चेरीले आफ्नो इलेक्ट्रीक एसयूभी ओमोडा ई-५ को टेष्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ । चीनमा आयोजना भएको टेष्ट ड्राइभमा विश्वका डिलरसहित पत्रकारको टीमले टेष्ट ड्राइभमा सहभागिता जनाएका थिए ।

चेरीले ओमोडा ई-५ लाई ‘ग्लोबल जेन-जी प्लेटफर्म’मा तयार पारेको हो । टेष्ट ड्राइभमा सहभागिहरुले दिएको प्रतिक्रिया अनुसार ओमोडा ई-५ निकै आरादायी, सून्य प्रदुषण, उत्कृष्ट ड्राइभिङ प्लेजरको समिश्रण रहेको बताएका छन् ।

यूवा पुस्तालाई ध्यानमा राखेर तयार भएको यो एसयूभीमा कटिङ एज टेक्नोलोजीको भरपूर प्रयोग गरिएको छ । २४ इन्च लामो स्कृन यसमा उपलब्ध छ । जसमा इन्फोटेन्टमेन्ट सिस्टम र ड्राइभर इन्फर्मेशन डिस्प्ले दिइएको छ ।

चीनमा सार्वजनिक भएको ओमोडा लेफ्ट र राइट ह्याण्ड ड्राइभ दुबै भर्सनमा थियो । त्यहि कारण चाँडै आधिकारीक बिक्रेता एसपीजी ग्रुपले नेपाल ल्याउने बताएको हो ।

यो प्रिमियम क्रसओभर मोडलमा ६१ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री रहेको छ । डब्लूएलटीपीका अनुसार यसलाई सिंगल चार्जमा ४३० किलोमिटरसम्म चलाउन सकिने छ ।

चीनमा देखाइएको ओमोडा ई-५ मा १५० किलोवाट क्षमताको मोटर जडान भएको छ । तर, यसलाई १०० किलोवाटको मोटरमा नेपाल ल्याउने तयारी भइरहेको बताइन्छ । यसको पीकटर्क भने ३५० एनएम रहेको छ ।


Back_to_top