काठमाडौं । होन्डाले इन्डानेशियाली अटो बजारमा २०१९ सिबिआर १५० आर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ कलर र ग्राफिक्स मा निर्माण गरेको यो बाइक म्याट ब्ल्याक, भिक्टोरी ब्ल्याक रेड, होन्डा रेसिङ रेड र मोटो जिपी एडिशन चार भर्सनमा सार्वजनिक गरेको हो । यसमा वाइन्ड ब्लास्ट प्रोटेक्शनको लागि टेलर वाइन्डस्क्रिन लगाइएको छ । बाइकको फ्रन्टमा डबल एलइडी हेडलाइट लगाइएको छ । यसमा १५० सिसि डिओएचसि, फाेर भल्भ लिक्विड इन्जिनको प्रयोग गरिएको छ ।
यसले ९ हजार आरपिएममा १७.१ पिएस पावरका ७ हजार आरपिएममा १४.४ एनएम टर्क उत्पादन गर्छ । बाइकमा ६ स्पिड गियरबक्स लगाइएको छ । सुरक्षालाई मध्यनजर गर्दै बाइकमा डिस्क ब्रेक, न्यु इमर्जेन्सी स्टप सिग्नल दिइएको छ । म्याट ब्लाक एन्ड भिक्टोरी ब्ल्याक रेड स्टान्र्डडको मुल्य १ लाख ६३ हजार भारु रहेको छ र म्याट ब्ल्याक एन्ड भिक्टोरी ब्ल्याक रेड एबिएसको मुल्य १ लाख ८२ हजार भारु रहेको छ ।
होन्डा रेसिंग रेड स्टान्र्डडको मुल्य १ लाख ६७ हजार भारु रहेको छ भने होन्डा रेसिंग रेड एबिएसको मुल्य १ लाख ८६ हजार रहेको छ । मोटो जिपी एडिशन स्टान्र्डडको मुल्य १ लाख ६८ हजार भारु रहेको छ । यसको एबिएस भर्सनको मुल्य १ लाख ८७ हजार भारु रहेको छ ।


