यामाहा मोटरसाइकलले भारतमा नयाँ मोटरसाइकल एमटी सार्वजनिक गर्ने तयारी गरेको छ । २०१९ मा सार्वजनिक हुने यो मोटरसाइकल आर्कषक डिजाइनमा बनाएको छ ।
बाइक यामाहा एमटी २००९ कै डिजाइनबाट प्रभावित रहेको छ । यो बाइकमा नयाँ डिजिटल क्लस्टरको प्रयोग गरिएको छ जुन, यमाहा आर १५ भी३.० जस्तै रहेको कम्पनीले जनाएको छ ।
यामाहाको एमटी १५ ले बजाजको पल्सर२०० र टीभीएस अपाचे २००लाई कडा टक्कट दिने अनुमान गरिएको छ ।
यामाहा एमटी १५मा १० स्पोक अलोय ह्वील दिएको छ । १५५ सीसीको सिगंल सिलिन्डर लिक्विड कुल्ड, ४ भल्भ फ्यूल इन्जेक्सन इन्जिन रहेको मोटरसाइकलले १९.३ बीएचपी पावर तथा १५ एनएम टर्क जेनेरेट गर्छ । ६ गियरको ट्रान्समिसन दिइएको यो बाइक चेन ड्राइभ प्रबिधिमा संचालन हुने छ ।
यो बाइकमा दिइएको पावर ट्रेन च्याचिस पुरानो भर्सनबाट ल्याइएको छ । मोटरसाइकलको सुरुवाति तथा मध्यम रेन्जमा उत्कृष्ट पावर रहेको छ । ३७ एमएमको यूएसडी र्फोक प्रिलोड एडजस्टेवल मोनोसक प्रयोग गरिएको बाइकको फ्रन्ट ह्वीलमा २६७ एमएमको रेडियल डिस्क ब्रेक तथा रियर ह्वीलमा २२० एमएमको रोटोर फ्लोटीङ क्यालीपर डिस्क ब्रेक उपलब्ध रहेको छ ।
केही महिनअघि यामाहाले यो मोटरसाइकल थाइल्यन्डमा सार्वजनिक गरेको थियो । भारतीय बजारमा अबको केही महिनामा यो मोटरसाइकल सार्वजनिक हुने छ । उक्त मोटरसाइकलले आफ्नो सेगमेन्टमा लिड गर्ने दाबी कम्पनीले गरेको छ ।


