काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी कियाले आफ्नो सफल सब फोर मिटर एसयूभी सोनेटको फेसलिफ्ट सार्वजनिक गरेको छ । कम्पनीले अर्को साता डिसेम्बर २० तारिखबाट भारतमा यसको बुकिङ खुल्ला गर्ने तयारी अनुसार गाडी देखाएको हो ।
फेसलिफ्ट सोनेटको एक्सटेरियर र इन्टेरियरमा धेरै परिवर्तन भएको छ । नयाँ सोनेटको एक्टेरियरमा फ्रन्ट फेसियामा ठूलो परिवर्तन भएको छ । पहिलेको भन्दा ठूलो सिग्नेचर एलइडी डीआरएल, थ्री चेम्बर एलइडी हेडल्याम्प र नयाँ बम्पर यसमा दिइएको छ ।
कम्पनीले सोनेटको ग्रिलमा पनि परिवर्तन गरेको छ । होरीजेन्टल एलइडी फगल्याम्पको प्रयोगले यसको लुक्समा ठूलो परिवर्तन देखिन्छ । पछाडिको लाइटमा पनि ठूलो परिवर्तन गरिएको छ । यसमा नयाँ डिजाइन १६ इन्चको अलोय ह्वील दिएको छ ।
नयाँ सोनेटको इन्टेरियरमा फुल्ली डिजिटल इन्टुमेन्ट क्लस्टर, सेग्मेन्ट फस्ट फोर वे इलेक्ट्रीक एड्जस्टेबल ड्राइभर सीट छ । अब सोनेटमा ट्रयाक्सन कन्ट्रोल, ३६० डिग्री भ्यू क्यामरा तथा १० फरक फिचरसहितको लेभल १ एडास फिचर पाउन सकिन्छ ।
क्यावीनको अन्य फिचरमा अटोमेटीक क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट, रियर सनसेड, एयर प्यूरीफायर, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने १०.२ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ८ इन्चको इन्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।

यसका अलावा स्टेरिङ माउण्टेड कन्ट्रोल बटम, सिंगल प्यानल सनरुफ, किलेस इन्ट्री, पुस बटन स्टार्ट, कुल्ड ग्लोबबक्स, क्रूज कन्ट्रोल, स्टायडर्ड भेरियन्टमै ६ वटा एयरव्याग, मल्टीपल इलेक्ट्रोनीक सेफ्टी नेट, बोसले बनाएको प्रिमियम स्पीकर पाउन सकिन्छ ।
इन्जिन लगायतका कुरा भने पहिलेकै दिइएको छ । यसमा १.२ लिटर फोर सिलिण्डर पेट्रोल, १.० लिटर थ्री सिलिण्डर टर्बो र १.५ लिटर फोर सिलिण्डर टर्बो डिजेल इन्जिन छ ।
यसको पेट्रोल इन्जिनसँग ५ स्पीड म्यानुअल, ६ स्पीड आइएमटी, ७ स्पीड डीसीटी गियरबक्स छ । डिजेल इन्जिनसँग भने ६ स्पीड म्यानुअल र ६ स्पीड आइएमटी तथा ६ स्पीड टर्क कन्भर्टर गियरबक्स पाउन सकिन्छ ।


