सेरेसको तेस्रो शोरुम पोखरामा

काठमाडौं । नेपालका लागि सेरेस गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले पोखराको नागढुंगामा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले सेरेस गाडीको तेस्रो शोरुम सञ्चालनमा ल्याएको हो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, पश्‍चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र एमएडब्लु ग्रुपका चिफ अपरेटिङ अफिसर केशवचन्द्र सेनले शोरुमको उद्‍घाटन गरे ।

कम्पनीले थापा मोटर्स प्रालिसँग साझेदारीमा सञ्चालनमा ल्याएको शोरुममा थ्री एस अर्थात सेल्स, सर्भिस र स्पेयरपार्टसको सुविधा छ। नयाँ शोरुमबाट सेरेस इभीको ब्रान्ड वृद्धिमा सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

शोरुम उद्‍घाटनका अवसरमा कम्पनीले २ जना ग्राहकलाई सेरेस इभी हस्तान्तरण गरेको छ। सेरेस थ्री र मिनी ईभी हस्तान्तरण गरिएको हो ।


Back_to_top