काठमाडौं । किफायती तथा धेरै राम्रो पर्फमेन्स र माइलेज दिने मोटरसाइकलको रुपमा परिचित बजाजले नेपालमा विभिन्न ६ इन्जिन अप्सन र १४ भेरियन्टमा पल्सर मोटरसाइकल उपलब्ध गराएको छ । कम्पनीसँग १२५ देखि २५० सीसीसम्मको इन्जिनमा पल्सर मोटरसाइकल उपलब्ध छ ।
नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाजको मोटरसाइकल बिक्री गर्दै आएको छ । बजाज पल्सर सिरिजमा सबैभन्दा धेरै एनएस मोडल उपलब्ध छन् ।
युवापुस्ताको रोजाइमा पर्न सफल रहेको पल्सर एनएस भेरियन्टमा नन्एबीएस, एबीएस, बीएस ६ र एफआई सिस्टम गरेर विभिन्न ८ भेरियन्ट पाउन सकिन्छ । जसमा १२५ सीसी, १६० सीसी र २०० सीसी क्षमताको इन्जिनहरु छन् ।
त्यस्तै, बजाजको सदाबाहार सफल मानिएको भेरियन्ट पल्सर १५० क्लासिक मोटरसाइकल माइलेज र पर्फमेन्सको कारण चर्चित छ । यसको दुई भेरियन्ट बजारमा छन् । त्यस्तै रेगुलर पल्सर १२५ सीसीमा पनि उपलब्ध छ ।

त्यसैगरी, बजाजको अर्को चर्चित मोडल पल्सर २२० एफ पनि राम्रो संख्यामा बिक्री हुँदै आएको छ । नयाँ जेनेरेशन पल्सर एन सिरिजमा १६० सीसी र २५० सीसी क्षमता दुई मोडल उपलब्ध छन् ।
नेपाली बजारमा पल्सर मोटरसाइकल चढ्न चाहने मानिसले २ लाख ५९ हजार ९०० देखि ४ लाख ४९ हजार ९०० रुपैयाँसम्म तिर्नु पर्ने हुन्छ ।
यस्तो छ सबै पल्सर भेरियन्ट मूल्य



