विश्वमै सबैभन्दा धेरै मोडिफाई हुने मोटरसाइकलमा रोयल इनफिल्ड पर्ने गरेको छ । यसको बुलेट, क्लासिक, हिमालयन, थन्डरर्वड जस्ता मोडललाई बिभिन्न स्वरुपमा मोडिफाई गरेको देख्न सकिन्छ । दिल्ली स्थित टिएनटी मोडिफाईड कम्पनीले रोयल इनफिल्ड हिमालयनलाई तीन पाङ्ग्रेमा परिणत गरेको छ ।
यो बाइक रोयल इनफिल्डको गोवामा रहेको ‘रोयल इनफिल्ड ग्यारेज क्याफे’को लागि मोडिफाई गरिएको बताइएको छ । यो निकै ठूलो मोडिफाई भएको बताउँदै कम्पनीले यसमा गरिएको फिचर परिर्वतनलाई आफ्नो सफलता भएको मानेको छ ।
यस बाइकमा व्लुटुथ कनेक्टीभिटीसहितको स्पिकर जडान गरिएको छ । दुईवटा एलइडी हेड ल्याम्प रहेको छ भने, उइन्ड रिफ्लेक्टरको समेत प्रयोग गरिएको छ । लेदर सिटको प्रयोग गरिएको यसमा एकजनाले मात्रै यात्रा गर्न मिल्ने बनाईएको छ ।
कष्टुमाइज रोयल इनफिल्ड हिमालयनमा १८ इन्चको फ्रन्ट वायर स्पोक ह्वील र १० इन्चको अलोय ह्वील दिइएको छ । ब्रेकिङ सिस्टमको लागि अगाडि ३०० एमएमको डिस्क ब्रेक दिइएको छ भने पछाडिको दुबै चक्कामा टुइन मोटरको प्रयोग गरिएको छ ।
यसको पावर क्षमतामा भने कुनै परिर्वतन गरिएको छैन । ४११ सीसी सिङ्गल सिलिन्डर एयर कुल्ड इन्जिनले २४.५ बीएचपी पावर र ३२ एनएम टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड मेनुयल गियर बक्स दिइएको छ ।

