टाटा मोटर्सले आज शुक्रबार टियागो र टिगोर जेटीपी सार्वजनिक गर्ने तयारी गरेको छ । फेस्टिभ सिजनलाई मध्यनजर गर्दै कम्पनीले एकसाथ दुई मोडल बजारमा ल्याउने तयारी गरेको हो । टाटाको टियागो जेटीपी कम्पनीको सबैभन्दा सानो कार हो ।
यही दिपावलीलाई मध्यनजर गर्दै बजारमा ल्याउन लागिएको यो कार बजारमा उपलब्ध सस्ता कारहरूमा पर्ने अनुमान गरिएको छ । भर्रखरै हुन्डाईले पनि आफ्नो इन्ट्री लेवल कार सेन्ट्रो सार्वजनिक गरेको थियो । सेन्ट्रोसँग प्रतिस्पर्धा गर्न कम्पनीले नयाँ कार ल्याएको हो ।
टियागो जेटीपी रेगुलर मोडलको तुलनामा ठूलो देखिएको छ । यसमा टच–स्क्रिन स्मार्ट–प्ले इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । त्यस्तै, टाटा टियागो जेटीपीमा १.२ लिटर थ्री–सिलिन्डर टर्वो–चार्ज पेट्रोल इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले १०८.५ बीएचपी पावर र १७० एनएम–टर्क जेनेरेट गर्छ ।
टाटा टियागो जेटीपीमा दिइएको पेट्रोल इन्जिन टाटा नेक्सनकै इन्जिन हो । जेटीपी भेरियन्टमा टाटाले रेड–एसेन्ट, स्पोर्टी बम्पर, नयाँ अलोय–ह्वील, ब्ल्याक–रुफजस्ता आकर्षक विशेषताहरू दिएको छ ।
त्यस्तै कम्पनीले अटो एक्स्पो २०१८ मा टिगोर जेटीपी प्रदर्शन गरेको थियो । टाटा टिगोर जेटीपीमा १.२ लिटर टर्वाे–चाज्र्ड थ्री–सिलिन्डर पेट्रोल इञ्जिन जडान गरिएको छ, जुन टाटा नेक्सनमा जडान गरिएको थियो । सो इञ्जिनले १०८ बीएचपीको पावर र १५० एनएमको टर्क जेनेरेट गर्छ ।
सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले दुबै कारमा डब्बल–फ्रन्ट एयरब्याग, एबीएस, ईबीडी, रियर–पार्किङ क्यामरा लगाइएको छ । कम्पनीले यी दुबै मोडलमार्फत् राम्रो बजार पकड्ने विश्वास लिएको छ ।

