बिक्री सुरू हुनु अघि नै १६ हजारसम्म बढ्यो हिमालयन ४५० को मूल्य

काठमाडौं । रोयल इनफिल्डको हिमालयन ४५० भारतमा सार्वजनिक भएको केही दिनमा नै मूल्य वृद्धि भएको छ । मोटोभर्स २०२३ मा सार्वजनिक भएको हिमालयनको बिक्री सुरू नहुँदै मूल्य वृद्धि भएको हो ।

हाल भारतमा यसको बुकिङ खुला रहेको छ भने अब बुकिङ गर्ने ग्राहकले कलर अनुसार १४ हजार रुपैयाँदेखि १६ हजार भारतीय रुपैयाँसम्मले धेरै मूल्य तिर्नु पर्ने भएको हो ।

यसअघि २ लाख ६९ हजार रुपैयाँ तोकिएको मोटरसाइकलको मूल्य अहिले २ लाख ८५ हजार भारतीय रुपैयाँ निर्धारण गरिएको छ ।

रोलय इनफिल्ड हिमालयन ४५० मा ४५२ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड, ४ भल्भ इन्जिन रहेको छ । इन्जिनले ८००० आरपीएममा अधिकतम ४०।२ पीएस पावर तथा ५५०० आरपीएममा अधिकतम ४० एनएम टर्क जेनेरेट गर्छ ।

फिचर लोडेड यो मोटरसाइकलमा टीएफटी कन्सोल, टर्न वाइ टर्न नेभिगेशन, राइड मोड, स्वीचयबल एबीएस, स्लिपर एसिस्ट क्लच, यूएसडी र मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट लगायतका फिचर पाउन सकिन्छ ।


Back_to_top