सीएटीएलको सेन्सीङ ब्याट्रीले पायो ‘अटोवेस्ट २०२४’ अवार्ड

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो हाइभोल्टेज ब्याट्री निर्माता सीएटीएलको सेन्सीङ ब्याट्रीले ‘टेक्नोवेस्ट २०२४ अवार्ड’ जितेको छ । अटोवेष्टमा सहभागि युरोपका ३१ जनाको जुरी टीमले सीएटीएललाई उक्त अवार्ड दिएको हो ।

सन् २००१ देखि प्रदान गर्दै आएको ‘अटोवेस्ट अवार्ड’ यूरोपकै प्रतिष्ठित आवार्ड मानिन्छ । सीएटीएलको नयाँ खोजपूर्ण सेन्सीङ ब्याट्री भन्दै यसलाई उत्कृष्ट इनोभेसनका लागि यो अवार्ड दिएको हो ।

सीएटीएलको सेन्सीङ ब्याट्री विश्वको पहिलो ‘फोर–सी सुपरफास्ट चार्जिङ सपोर्ट’ गर्ने एलएफपी ब्याट्री हो । यो ब्याट्री प्याकबाट जम्मा १० मिनेट चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज पाउन सकिन्छ ।

यसलाई एक पटकको फुल चार्जमा ७०० किलोमिटरसम्म चलाउन सकिन्छ । सीएटीएलको सेन्सीङ ब्याट्रीको प्रयोगपछि विद्युतीय साधन प्रयोगकर्तामा हुने ‘रेन्ज इन्जाइटी’ कम हुँदै जाने कम्पनीले जनाएको छ ।

सन् २०२३ अगस्टमा लन्च भएको यो प्रविधिको ब्याट्री सन् २०२४ को पहिलो क्वाटरबाट ईभीमा प्रयोग हुनेछ । पहिलो चरणमा नेटा, चेरी, बीएआईसी, जीडु, भोय जस्ता ब्राण्डका विद्युतीय कारमा उक्त ब्याट्री प्रयोग हुनेछ ।


Back_to_top