काठमाडौं । चांगनको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले अर्को साता एल-०७ नेपाल आइपुग्ने जनाएको छ । कम्पनीले नेपाल ल्याउन लागेको प्रिमियम सेडान एल-०७ चीनमा निकै सफल मोडल मानिन्छ ।
‘हामी डिसेम्बरमा नै दिपल एल-०७ सेडान नेपाल ल्याउने तयारी गरेका थियौं । केही ढिला भयो । आगामी साताबाट यसलाई परिक्षण सुरु गर्ने र त्यसपछि मात्रै बुकिङ खुल्ला गर्ने योजना छ’, एमएडब्लू वृद्धि स्रोतले भन्यो ।
निकै इन्टेलिजेन्ट फिचरको साथ बजारमा आउने दिपल एस-०७ मा ६६.८ किलोवाट आवर टेनरी लिथियम आयोन (एनएमसी) ब्याट्री दिएको छ । यसको रेन्ज एनइडीसीले प्रमाणित गरेअनुसार ५४० किलोमिटर हो ।
अधिकतम पीक पावर १९० किलोवाट (२५८ पीएस) रहेको यो कारले अधिकतम टर्क ३२० एनएम प्रदान गर्छ । रियर ह्वील ड्राइभ सिस्टम रहने कारलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न डिसी फास्ट चार्जरले ३५ मिनेट लगाउने कम्पनीको दावी छ ।
यसको एक्स्टेरियर पनि निकै आकर्षक छ । सबै लाइटहरु एलइडी प्रयोग गरिएको छ । छतमा पानारोमीक ग्लास रुफ, हाइट एड्जस्ट गर्न मिल्ने हेडलाइट, फ्रेमलेस ढोका र झ्यालहरु, अटो फ्रन्ट डिफगिङ सिस्टम, इलेक्ट्रीक हिडन डोर ह्याण्डल दिइएको छ ।

यसको साथै, दिपल एल-०७ मा रियर स्पोइलर, पावर फास्टब्याक टेलगेट, हिटेड मिरर, अटो फोल्डीङ मिरर, रेन सेन्सर, कार ब्याक गर्दा आफैं तलमाथि गर्ने मिरर यसमा दिइएको छ ।
यसको इन्टेरियर पनि फिचर लोडेड छ । मल्टी फङ्गशनल स्टेरिङ ह्वीललाई चालकको साइज अनुसार तल, माथि र अगाडि, पछाडि एड्जस्ट गर्न सकिन्छ । अटो डिमिङ रियर भ्यू मिरर, सेन्थेथिक लेदर सिट, ८ तरिकाले मिलाउन मिल्ने चालक सिट, ड्रााइभर सिट पोजिसन मेमोरीसँगै वेलकम फङ्गसन दिइएको छ ।
भ्यान्टिलेटेड सिट, यूएसबी पोर्ट, १२ भोल्ट पावर सकेट, ऐना सहितको सनभाइजर, पछाडि ६०ः४० मा फोल्ड हुने सिट, अटोमेटीक क्लाइमेट कन्ट्रोल, पीएम २.५ फिल्टर दिएको छ ।
इन्टेलिजेन्ट ड्राइभर एसिस्टेन्स सिस्टमको साथमा आउने एल–०७ मोडलमा एडाप्टीभ क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज एसिस्ट, सेफ डिस्ट्यान्स वानिङ, डोर ओपन वार्निङ जस्ता फिचर छन् ।
क्यानिवलाई स्मार्ट बनाउन कम्पनीले ड्राइभ मोड सेलेक्सन, हेड अप डिस्प्ले, १४.६ इन्चको टच स्कृन, १०.२ इन्चको एलसीडी मिटर, १४ वटा स्पीकर दिइएको छ । साथै, कारमा वायरलेस एप्पल कार प्ले, मल्टी कलर एम्बीयन्ट लाइट, ४० वाट क्षमताको वारलेस चार्जर पाउन सकिन्छ ।
सुरक्षाको लागि कारमा अगाडि, पछाडि र साइडमा एयरब्याग दिइएको छ । साथै, ब्रेक एसिस्ट, इलेक्ट्रोनीक्स स्टेविलिटी प्रोग्राम, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिल होल्ड, ३६० डिग्री क्यामेरा, पार्किङ सेन्सर, ड्राइभ भिडियो रेकर्डर लगायतका दुई दर्जन बढी सुरक्षा फिचर छन् ।

