काठमाडौं । हुन्डाई मोटरले सान्ता-फेको चौथो जेनेरेशन भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । हुन्डाई इन्डियाका जेनेरल म्यानेजर पुनित आनन्दले नयाँ जेनेरेशन प्रिमियम एसयूभी सान्ताफे भारतीय बजारमा आउने निश्चित भएको बताएका छन् ।
बजारको मागलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएको सान्ताफे भारतमा बिक्री–वितरण गर्न लागेको आनन्दले बताए ।
नयाँ सान्ता-फेमा सिङ्नेचर क्यासेडिङ्ग ग्रिल लगाइएको छ भने कम्पोजिट मल्टी–लाइट दिइएको छ । ह्वीलआर्क, अपडेट मिररजस्ता आर्कषक फिचर भएको नयाँ जेनेरेशन एसयूभीमा दुई इन्जिन अप्शन दिइएको छ । यसमा उपलब्ध २.४ लिटर इन्जिनले १८५ बिएचपी पावरका साथै १७८ एनएम टर्क उत्पादन गर्छ । त्यस्तै २.० लिटर टर्बोचार्ज्ड इन्जिनले १४५० आरपिएममा २३५ बीएचपी पावरका साथै ३५ सय आरपिएममा २६० एनएमटर्क उत्पादन गर्छ । साथै यसमा ब्रान्ड न्यु ८ स्पिड अटोमेटिक ट्रान्समिसन दिइएको छ ।
स्टेयरिङगलाई अपग्रेड गरिएको छ भने, चेसिसलाई परिमार्जन गरिएको छ । यसमा ईको, कम्फर्ट र स्पोट गरि तीन ड्राइभिङ मोड दिइएको छ ।
यस्तो छ नेपाल ल्याउने तयारी
हुन्डाईले नेपाली बजारमा सान्ता-फेको बिक्री वितरण गर्दै आएको छ । नेपालको लागि हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स स्रोतका अनुसार नयाँ जेनेरेशन सान्ता-फे नेपाल ल्याउने तयारी भइरहेको छ ।
कम्पनीकानुसार २०१९ जनवरी मोडल नेपाल ल्याउने तयारी गरिरहेको छ, त्यसकोलागि आवस्यक प्रकृया सुरु भइसकेको छ । संभवत २०१९ को मार्चमा नयाँ जेनेरेसन शान्ता-फे नेपाली बजारमा आउने छ ।
नयाँ लुक्स
सान्ता-फे कोना क्रशओभरको डिजाइनबाट प्रभाबित भएर निर्माण गरिएको छ । यसमा कम्पनीले निकै मस्कुलर ह्वील आर्कको प्रयोग गरिएको छ । ‘थ्रीडी हनी क्रब क्यासिङ ग्रिल’ नामको नयाँ ग्रिल डिजाइन दिइएको छ । छतमा मेटल क्रोम बार लगाइएको छ भने, एयर डायनामिक इम्प्रुभमेन्ट गरिएको छ । यसमा १०८।९ इन्चको ह्वीलवेस दिइएको छ । बडी निर्माणमा निकै गुणस्तरिय स्टिलको प्रयोग गरिएको कारण पहिलेको तुलनामा १५ प्रतिशत बढी सुरक्षित रहेको छ ।
इन्टेरियर
सान्ता-फेको आकर्षक क्याविन तथा बनावटले ग्राहकलाई आकर्षण गर्ने कम्पनीको दाबी छ । यसको क्याबिनमा सहजै हावा पास हुन सक्छ भने जुनसुकै कोणबाट बाहिरको दृश्य देख्न सकिन्छ ।
जार्जर रियर साइड झ्याल र प्यानोरीक सनरुफले कारको पछाडि बस्ने प्यासेन्जरलाई बाहिरको दृश्य अवलोकन सहज बनाउँछ । क्याबिनको डिजाइन लाइट रहेको छ । प्लास्टिक सर्फेसलाई प्रिमियम लुक दिइएको छ । यसमा एप्पल कार प्ले र एन्ड्रोइड अटोको विशेषता थपिएको छ । साथै, हेडअप डिस्प्ले, क्लाइमेट कन्ट्रोल, ‘फाइन्ड माई कार’लगायतका विभिन्न विशेषता उपलब्ध छ ।
नयाँ सेफ्टी विशेषता
सुरक्षालाई मध्यनजर गर्दै सान्ता-फेमा विभिन्न सेफ्टी फिचर दिइएको छ । कम्पनीले अटो इन्डष्ट्रीमानै पहिलो पटक ‘सेफ्टी एक्जीट एसीस’ नामक सुरक्षा पद्धति ल्याएको छ ।

