काठमाडौं । चिनियाँ बजारमा विद्युतीय कार निर्माता इलेक्ट्री हाउस (ईभी हाउस) ले फ्यामली ह्याचव्याक कार सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ‘यू-०१’ मोडल मूल्यको कारण अहिले चर्चामा आएको हो ।
ईभी हाउसले ‘यू-०१’लाई ८ हजार ३०० देखि ११ हजार डलरसम्म मूल्य तोकेर चीनमा बिक्री सुरु गरेको हो । कम्पनीले विभिन्न ६ भेरियन्टमा यसलाई बजारमा ल्याएको छ । जसमा दुई ब्याट्री अप्सन पाउन सकिन्छ ।
अहिले सार्वजनिक भएको गाडीमा २४ किलोवाट आवर र ३२.५६ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । सानो ब्याट्रीले क्रुजिङ मोडमा २५१ र ठूलो ब्याट्रीले ३३५ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।
फास्ट चार्जर सपोर्ट गर्ने भएको कारण यसमा रहेको ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल ३० मिनेट लाग्नेछ । यसमा ३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ, भने अधिकतम टर्क १२५ एनएम रहेको छ ।

कम्पनीले यसको इन्टेरियरलाई आकर्षक बनाउन कुनै कसर बाँकी राखेको छैन । यसको इन्ट्री भेरियन्टमा फेब्रिक सिट दिइएको छ भने टप भेरियन्टमा लेदर सिट पाउन सकिन्छ ।
किलेस इन्ट्री, रिमोर्ट स्टार्ट, भ्वाइस कमाण्ड, एड्भान्स ड्राइभर एसिस्ट, अटोनोमश पार्किङ जस्ता अत्याधुनिक फिचर यसमा ग्राहकले पाउने छन् ।
ड्यूल कलरमा सजिएको ड्यासबोर्ड, ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, टु स्पोक फ्ल्याट वटब स्टेरिङ ह्वील, रोटरी गियर नव, वायरलेस चार्जिङ प्याड जस्ता फिचर यसमा दिइएको छ ।


