काठमाडौं । जर्मनी दुई पाङ्गे्र निर्माता कम्पनी बीएमडब्लू मोटार्डले भारतमा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । बीएमडब्लूले भारतीय बजारमा बीएमडब्लूको सीई–०२ इलेक्ट्रीक स्कुटर ल्याउने तयारी थालेको हो ।
बीएमडब्लूले केहि समय अघि अमेरिका, यूके लगायत अन्य देशहरुमा सीई–०२ स्कुटर सार्वजनिक गरिसकेता पनि भारतमा आएको थिएन ।
भारतमा नै निर्माण भइरहेको बीएमडब्लू सीई–०२ भारतीय बजारकै इलेक्ट्रीक स्कुटर मध्यको सबैभन्दा महंगों स्कुटर हुने समेत अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा ७ हजार ५९९ डलरमा बिक्री हुँदै आएको यो स्कुटरको डिजाइन भने मोटरसाइकल जस्तो छ । कम्पनीले यसमा २ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ ।
बीएमडब्लूको यो स्कुटरले सिंगल चार्जमा ९० किलोमिटर रेन्ज दिने जनाइएको छ । यसको टप स्पीड ९५ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दावी छ । यसलाई ० देखि ५० स्पीड पुग्नलाई मात्रै ३ सेकेन्ड लाग्ने छ ।
स्कुटरको कुल तौल १३२ किलोग्राम छ । यसको पावर भने १५ हर्सपावर छ । हाइ–इन्ड इक्यूप्मेन्टको प्रयोग गरी निर्माण भएको स्कुटरमा राइडिंग मोड, लेटेस्ट एलइडी टेक्नोलोजी, इलेक्ट्रीक रिभर्स गियर, स्मार्टफोन होल्डर जस्ता फिचर छन् ।

