काठमाडौं । रिलायन्स ग्रुपले सीएफ मोटो तथा सीएफ अन्तर्गतकै जीहो इलेक्ट्रीकको आधिकारिक वितरकमा नियुक्त भएको छ । रियलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले जीहो तथा सीएफ मोटो विक्रस् वितरण गर्ने भएको हो ।
यसअघि अन्ना इन्टरनेशनल र रिलायन्स ग्रुपको सहकार्यमा आयात भइरहेको यी दुबै ब्रान्ड अब एकल रुपमा रियलायन्स ग्रुपको ऋषि ट्रेड सेन्टरले गर्ने भएको हो ।
रिलायन्स ग्रुप एकल वितरक भएसँगै कम्पनीले लामो समयदेखि विक्री बन्द भएको सीएफ मोटोका मोटरसाइकलहरुसमेत विक्री सुरु गर्ने भएको छ ।
कम्पनीले सीएफ मोटो अन्र्तगत एनके २५०, एसआर २५० तथा एटभी र जीहोको एइ८ इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको छ । योसँगै कम्पनीले कम मूल्यमा नयाँ प्रिमियम इलेक्ट्रीक स्कुटर जीहो एई ६ प्लस नेपालमा सार्वजनिक गरेको छ ।
कम्पनीले ३ लाख ४४ हजार मूल्य निर्धारण गरेर सार्वजनिक गरको बुकिङ्ग खुला गरेको छ । सुरुवाती ३० जना ग्राहकले १५ हजार नगद छुट तथा आर्कषक गिफ्ट समेत पाउने कम्पनीले जनाएको छ ।

जीहो एई ६को फ्रन्टमा ठूलो फेन्डर दिइएको छ । यसले स्कुटरको फ्रन्ट टायरसम्मै ढाकेको छ । यसको साइड प्यानलमा नौलो डिजाइनको टर्न इन्डिकेटर दिइएको छ । त्यस्तै रियरमा आकर्षक एलइडी ब्रेक लाइट पाउन सकिन्छ ।
कम्पनीले नेपालमा बिक्री सुरु गर्ने तयारी गरेको एई६ स्कुटरमा ५.५ किलोवाट पीक पावर क्षमताको मोटर रहेको छ ।
यसको टप स्पीड क्षमता ८० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा ‘रिमुभेवल लिथियम आयोन’ डबल ब्याट्री पाउन सकिन्छ । आइडियल कन्डिसनमा स्कुटरलाई एक पटकको फुल चार्जमा ९० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।

