काठमाडौं । बेलायती कार ब्राण्ड रोल्स रोयस धेरैको ड्रिम कार हो । कुनै समय राजामहाराजाहरुले पनि सहजै किन्न नपाउने रोल्स रोयसले आफ्नो पहिलो विद्युतीय कार भारतमा सार्वजनिक गरेको छ ।
नेपाली १२ करोड रुपैयाँ (७ कारोड ५० लाख भारतीय रुपैयाँ) मूल्य राखेर बिक्री सुरु भएको स्पेक्टर इलेक्ट्रीक एसयूभीमा कस्ता फिचर छन् होला भन्ने धेरैको चासो हुनसक्छ ।
फोर ह्वील ड्राइभ सिस्टम सहित आएको रोल्स रोयस स्पेक्टर अहिलेसम्म विश्व बजारमा उपलब्ध सबैभन्दा महंगो इलेक्ट्रीक मोडल हो । कम्पनीले यसमा १०२ किलोवाट आवरको ब्याट्री दिएको छ । यसलाई सिंगल चार्जमा ५३० किलोमिटर गुडाउन सकिन्छ ।
चारवटै चक्कामा मोटर रहेको कारण यसको संयुक्त पीकपावर ४३६ किलोवाट हुन्छ । यसले ९०० एनएम पीक टर्क प्रदान गर्छ । यसले १९५ किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्छ ।

आफ्नो ट्रेडिस्नल डिजाइनमा नै कम्पनीले यसलाई तयार गरेको छ । निकै ठूलो साइजको फ्रनट ग्रिलमा उपलब्ध यो एसयूभीमा २३ इन्चको ह्वील, आइ ब्रो डिजाइनको एलइडी डे टाइम रनिङ लाइट, स्मार्ट हेडलाइट, अगाडि बोनेटमा टाँसिएको रोल्स रोयसको लोगोले जो कोहिलाई लोभ्याउने छ ।
कम्पनीले यसको इन्टेरियरलाई निकै विलासी बनाएको छ । यसमा दिएको सुरक्षा फिचर र विलासी बनोटको कारण मूल्य पनि निकै महंगो भएको हो ।


