टीभीएसको नयाँ अफरः ३० प्रतिशत डाउन पेमेन्ट, ७ हजारदेखि एक लाखसम्म नगद छुट

काठमाडौं । टीभीएस मोटरसाइकलको लागि नेपालको आधिकारीक बितरक जगदम्बा मोटर्सले नयाँ एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । टीभीएस अपाचे बाइक ३० लाखभन्दा धेरै यूनिट बिक्री भएको अबसरमा कम्पनीले यो अफर ल्याएको जनकारी दिएको हो । 

टीभीएस अपाचे आरटीआर १६०, १८०, २००, २०० ४भी बाइक तथा स्कुटरतर्फ जुपिटर, जुपिटर क्लासिक, वीगोलगायतमा यो योजना लागु हुने कम्पनीले उल्लेख गरेको छ । 

ग्राहकले कुनै पनि बाइक दिएर टीभीएस अपाचे १६० तथा १८० सँग एक्सचेन्ज गर्न सक्ने छन् । जसमा ग्राहकले ३० प्रतिशत डाउन पेमेन्ट गरेर बाइक प्राप्त गर्न सक्नेछन् ।

उक्त योजना अन्तर्गत ग्राहकले स्क्रयाच कार्डमार्फत ७ हजार देखि १ लाखसम्म नगद जित्ने मौका प्राप्त गर्ने छन् । उक्त योजना आज बिहिबारदेखि सुरुभै १९ कार्तिक २०७५ सम्म लागु हुने कम्पनीले जनाएको छ । 


Back_to_top