काठमाडौं । होन्डाको नयाँ एड्भेन्चर टूरर मोटरसाइकल नेपाल आउने भएको छ । कम्पनी श्रोतका अनुसार होन्डा सीबी २०० एक्स नेपाल आउने भएको हो ।
होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता स्याकार टे«डिङ कम्पनीले भारतमा डवल स्पोर्ट सेग्मेन्टमा निर्माण गरेको ‘सीबी २०० एक्स’ मोटरसाइकल नेपाली बजारमा ल्याउने तयारी गरिरहेको हो । कम्पनीले फेब्रुअरी अन्तिमसम्ममा यसलाई बजारमा ल्याउने छ ।
यस मोटरसाइकलमा १८४ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले १७.२७ बीएचस पावर र १६.१ एनएमको टर्क जेनेरेट गर्नेछ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।
बक्स टाइप स्वीङआर्म, हर्नेटमा प्रयोग भएको च्याचिस, अगाडि गोल्डने यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध छ ।

नेपालमा स्याकार ट्रेडिङले विक्री गर्ने होन्डाका उत्पादन निकै सफल रहँदै आएको छ । अहिले कम्पनीले बिक्री गर्दै आएको एक्सआर १५० र एक्सआर १९० एल भन्दा नयाँ मोटरसाइकल ‘सीबी २०० एक्स’ कम मूल्यमा आउने अनुमान गर्न सकिन्छ ।
कम्पनीले नेपालमा नै मोटरसाइकल एसेम्वल सुरु गर्ने हो भने यो मोटरसाइकलको मूल्य निकै कम हुनेछ ।
होन्डा सीबी २०० एक्समा सार्प लुकिङ एलइडी लाइट, एलएडी टर्न इन्डिकेटर, नकल गार्ड, विन्ड स्क्रीन, टल ह्यान्डलवार दिइएको छ । साथै, स्प्लीट सिट, इन्जिन कौल र डबल पर्पोज टायर यसको मुख्य विशेषता हो ।
यसमा दिइएको अप राइट ह्यान्डलबार सेटअपले यसलाई अनरोड तथा अफरोड दुबै सुहाउँदो बनाएको छ । डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, डिस्क ब्रेक, डबल च्यानल एबीएस, ब्ल्याक अलोय ह्वील यसमा उपलब्ध मुख्य फिचर हुन् ।


