२०१९ मा सार्वजनिक हुँदै टोयोटा क्याम्री, यस्ता छन् विशेषता

काठमाडौं । टोयोटा माेटर्सले क्याम्रीकाे आठौं जेनेरेशन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यो कारलाई थाइल्यान्डमा प्रदर्शन गरेको थियो । भारतीय मोडल क्याम्रीको विशेषता थाइल्यान्डमा प्रदर्शन गरिएको मोडलजस्तै छ भने यसको स्टाइलमा थोरै परिवर्तन हुनेछ । 

भारतमा यसको प्रतिस्पर्धा होन्डा एकोर्ड र स्कोडाकाे सुपर्भसँग हुनेछ । यसमा २.० लिटर फोर–सिलिन्डर इञ्जिन लगाइएको छ । यसले १६७ बीएचपी पावरकासाथै १९९ एनएम–टर्क उत्पादन गर्छ । यसको इञ्जिनमा सिक्स–स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स लगाइएको छ ।साथै, यसमा उपलब्ध २.५ लिटर पेट्रोल इञ्जिनले २०९ बीएचपी पावरकासाथै २५० एनएम–टर्क उत्पादन गर्छ ।  

यसको टप मोडलमा भने २.५ लिटर फोर–सिलिन्डर हाइब्रिड इञ्जिन लगाइएको छ । यसले २११ बीएचपी पावरकासाथै २०२ एनएम–टर्क उत्पादन गर्छ । यसका सिभिटी गियरबक्स लगाइएको छ । नयाँ क्याम्री टीएनजीए अवधारणामा आधारित छ । पुरानो कारको तुलनामा यसको ह्वीलवेश ५० मिमि लामो रहेको छ । यसमा लेन डिपार्चर, वार्निङ्ग, प्रिकोलिजन सिस्टम, डायनामिक रेडर क्रूज कन्ट्रोल, अटोमेटिक हाइबिम र रियर एलईडी लाइट्सजस्ता विशेषता दिइएको छ । 

साथै, यसमा सुरक्षाका लागि ट्याक्सन कन्ट्रोल, एबीएस, ईबीडी, ब्लाइन्ड स्पोट मनिटरिङ्ग, रियर क्रश ट्राफिक अलर्ट, हिल स्टार्ट कन्ट्रोल र ७ एयरब्यागको विशेषता दिइएको छ । यसमा आठवटा तरिकाबाट सञ्चालन हुने पावर फ्रन्ट–सिट, लेदर अपहोलस्ट्री, वायरलेस चार्जिङ्ग, किलेस इन्ट्री र स्टार्ट, इन्स्ट्रुमेन्ट क्लस्टरमा ४.२ इञ्च एमआईडी उपलब्ध छ ।

साथै, यसको टप मोडलमा हेडअप–डिस्प्ले, ९ एयरब्याग, हटस्पट र ट्रीपल–जोन क्लाइमेट कन्ट्रोलजस्ता विशेषता दिइएको छ । 


Back_to_top