अरुण चौधरी पक्राउमा नाडाको आपत्ति

काठमाडौं । मारुती सुजुकीको आधिकारीक बिक्रेतासमेत रहेका सिजी होल्डीङका अध्यक्ष अरुण चौधरीको पक्राउको विषयमा नाडाले विरोध जनाएको छ ।

नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘कुनै ठोस प्रमाण र आधार विना नै नेपाल प्रहरीले छानविनका नाममा चौधरीलाई पक्राउ गरेकोमा घोर भत्सना गर्दछौं ।’

सम्बन्धित विषयको गहिरो अध्ययन र अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई नाडाले आग्रह गरेको छ ।

‘पहिले गिरफ्तारी त्यसपछि मात्र समस्या पहिल्याउने प्रबृत्तिले व्यवसायीहरुलाई थप हतोत्साहित मात्र बनाएको छैन, यसले आउँदै गरेको लगानी सम्मेलनलाई समेत नकारात्मक प्रभाव पार्ने देखिन्छ । त्यसैले पहिला आवश्यक छानविन र सत्यतथ्य यकिन गरेर मात्र कानूनी प्रकृयालाई अघि बढाउन हामी सरकारलाई आग्रह समेत गर्दछौ’, विज्ञप्तीमा भनिएको छ ।


Back_to_top