बढ्यो एथर स्कुटरको मूल्य, यस्तो छ नयाँ मूल्य

काठमाडौं । एथर इलेक्ट्रीक स्कुटरको मूल्य वृद्धि भएको छ । कम्पनीले आज फेब्रुअरी २ देखि लागू हुनेगरी स्कुटरको नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

एथर इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता वैद्यज् २० हजार रुपैयाँसम्म बढाएको हो ।

कम्पनीले नेपालमा ब्रान्ड सार्वजनिक गरेको अवसरमा पहिलो २ महिना ‘इन्टडक्टरी मूल्य’ स्कीम दिएको थियो । नयाँ मूल्यसूचीका अनुसार एथर ४५० एक्स २।९ किलोवाटको ब्याट्री भेरियन्टको मूल्य ३ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ भने यसको ३।७ किलोवाट भेरियन्टको मूल्य ४ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

यी दुबै स्कुटरको इन्टडक्टरी मूल्य क्रमश ३ लाख ८५ हजार ५ सय र ४ लाख २० हजार रुपैयाँ रहेको थियो ।

एथरले नेपालमा दुई भेरियन्टमा एथर एक्स ४५० विक्री गर्दै आएको छ । यसमा २.९ र ३.७ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । यसले सिंगल चार्जमा ११० देखि १५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ । यसमा रहेको ब्याट्रीलाई घरायसी विजुलीमा सामान्य चार्जरले चार्ज गर्दा फुल चार्ज हुन ५ घन्टा ४० मिनेट लाग्छ ।

एथर एक्स ४४० मा पार्किङ एसिस्ट, हिल एसिस्ट, रिजेनेरेटीभ ब्रेकिङ सिस्टम, रिभर्स मोड जस्ता अत्याधुनिक फिचर भएको एथर ४५० एक्समा अगाडि २०० एमएमको डिस्क ब्रेक र पछाडि १९० एमएमको डिस्क ब्रेक दिएको छ ।

कम्पनीले यसमा ५.४ किलोवाट पीक पावर भएको मोटर दिएको छ । यसको टप स्पीड क्षमता ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।


Back_to_top