काठमाडौं । जिहोको एई–६ को बिक्री सुरु भएको छ । रियलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले जीहो तथा सीएफ मोटो बिक्रेतामा नियूक्त भएसँगै नयाँ स्कुटरको बिक्री सुरु गरेको हो ।
कम्पनीले ‘जिहो एई ६ प्लस’ प्रिमियम स्कुटरको मूल्य ३ लाख ४४ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु गरेको छ । केही समय अघि यसको बुकिङ खुल्ला गरेको थियो । अब भने डेलिभरी नै सुरु गरेको हो ।
सुरुमा बुकिङ्ग गर्ने ३० जना ग्राहकलाई १५ हजार नगद छुट दिने कम्पनीले जनाएको थियो । चिनियाँ कम्पनी जिहोको उत्पादन एई–६ एग्रेसीभ मस्कुलर डिजाइनमा तयार भएको स्कुटर हो ।
यो स्कुटरको फ्रन्टमा ठूलो फेन्डर दिइएको छ । यसले स्कुटरको फ्रन्ट टायरसम्मै ढाकेको छ । यसको साइड प्यानलमा नौलो डिजाइनको टर्न इन्डिकेटर दिइएको छ । त्यस्तै रियरमा आकर्षक एलइडी ब्रेक लाइट पाउन सकिन्छ ।
कम्पनीले नेपालमा बिक्री सुरु गर्ने तयारी गरेको एई–६ स्कुटरमा ५.५ किलोवाट पीकपावर क्षमताको मोटर रहेको छ ।
यसको टप स्पीड क्षमता ८० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा ‘रिमुभेवल लिथियम आयोन’ डबल ब्याट्री पाउन सकिन्छ । आइडियल कन्डिसनमा स्कुटरलाई एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।

