टर्कीले बनायो विश्वकै ठूलो एयरपोर्ट, रन-वे नै ६ वटा

नेपालमा दोस्रो अन्तर्राष्ट्रिय एयरपोर्टको रुपमा निजगढ एयरपोर्टको चर्चा चलिरहेको बेला टर्कीले विश्वको सबभन्दा ठूला एयरपोर्ट इस्तानबूल एयरपोर्टको गत हप्ता उद्घाटन गरेको छ ।

युरोप र एसियाको बीचमा रहेको टर्कीले आफूलाई दुई महादेशबीचको हबको रुपमा विकास गर्न यसको निर्माण गरेको हो । ब्ल्याकसीको किनारमा रहेको यो एयरपोर्ट पूर्व-पश्चिम-उत्तर-दक्षिणको बीचमा रही ६० देशको २०० खर्बको इक्नोमीलाई कनेक्ट गर्न सक्ने किसिमले बनाइएको छ ।

यो एयरपोर्टबाट ३ घन्टाको फ्लाइटमा १२० वटा देशहरू रहेका छन् । करिब ७ करोड ६५ लाख स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको यो एयरपोर्टमा पासपोर्ट ह्याण्डल गर्नका लागि २ सय २८ वटा डेस्कहरू राखिएको छ ।

दुईवटा टर्मिनल भवन रहेको यस एयरपोर्टमा पेसेन्जरको वेटिङ्गका लागि २० हजार सिट लगाइएको छ । टर्कीले यसलाई ग्लोबल हवको रुपमा विकास गर्ने सोचकासाथ ११.७ अर्ब डलर खर्च गरेर यो एयरपोर्टको निर्माण गरेको हो । यसको इन्टेरियर टर्किस तथा इस्लामिक डिजाइनबाट प्रभावित रहेको छ, भने कन्ट्राेल टावर टुलिप-फूलको आकारबाट प्रभावित डिजाइनमा निर्माण गरिएको छ ।

उक्त कन्ट्राेल टावरले सन् २०१६ को आर्किटेक्चर अवार्डसमेत जितेको थियो ।

यस एयरपोर्टमा मोवाइल एप्लीकेशन र आर्टिफिसियल इन्टेलिजेन्टको सहयोगले यात्रीहरूलाई इनर्जी इफिसेन्सी र हाइटेक सेक्युरिटी सिस्टमको प्रत्याभूति गराउनेछ ।

एयरपोर्टको वार्षिक प्यासेन्जर ह्याण्डली क्षमता ९ करोड रहेको छ । साथै, भविष्यमा बढाएर २० करोडसम्म पुर्याउन सकिने गरी निर्माण गरिएको छ । सुरुका दिनमा केही फ्लाईटहरू मात्र टेकअफ र ल्याण्डिङ गर्ने जनाइएको यस एयरपोर्ट आगामी जनवरीबाट पूर्णक्षमतामा सञ्चालनमा आउनेछ ।

६ वटा रन-वे रहने यस एयरपोर्टमा दैनिक २५० एयरलायन्सहरूका २ हजारभन्दा बढी जहाजहरूले ३५० गन्तब्यमा उडान गर्ने अनुमान गरिएको छ ।

हाल टर्कीको राष्ट्रिय ध्वजाबाहक टर्किस एयरलायन्स नै ११० भन्दा बढी देशहरूमा उड्ने गरेको छ । यति धेरै प्यासेन्जर आवत-जावत गर्ने यस एयरपोर्टमा ७० हजार गाडी पार्किङ्ग गर्ने सुुविधा रहेको छ । यो एयरपोर्टमा विश्वको सबभन्दा ठूलो ड्यूटी-फ्री सपिङ्ग कम्प्लेक्स रहनेछ ।

योटेलको सुविधा


यस एयरपोर्टमा विश्वको ठूलो टर्मिनल होटल योटेलसमेत सञ्चालन हुनेछ । जसमा जमिन र आकाशपट्टि फर्किएका फ्यूचरिस्टीक क्याविनसहितको ४५१ वटा कोठाहरू हुनेछन् ।

उक्त क्याविनहरू एकजनाले कम्तीमा ४ घन्टाका लागि प्रयोग गर्न सक्नेछन् । यसमा बिहानै तथा मध्यरातमा हुने फ्लाइटका प्यासेन्जरहरूलाई आराम गराउन सघाउ पुर्याउनेछ । उक्त याेटेलमा २४ सै घण्टा जीम, रेष्टुरेण्ट, बार तथा मिटिङ्ग रुमको सुविधा रहेको छ । 


Back_to_top