होन्डाले सुपर-कब २०१८ भर्सनको पेसिर इन्टरमोट मोटरसाइकल शोमा सार्वजनिक गरेको छ । कम्पनीले ६० वर्ष पहिला सन् १९५८ को अगस्टमा होन्डाको उत्तरी टोकियोमा रहेको यामामोतो फ्याक्ट्रीबाट यो बाइक पहिलोपटक उत्पादन गरेको थियो ।
हाल यो मोटरसाइकल विश्वका १५ मुलुकका १६ वटा फ्याक्ट्रीबाट निर्माण भइरहेको छ । अहिलेसम्म पनि यो मोटरसाइकलको बेसिक कन्सेप्ट परिवर्तन गरिएको छैन अर्थात् उस्तै स्टाइलमा उत्पादन हुँदैआएको छ ।
तर, २०१८ मोडलमा भने आधुनिक टेक्नोलोजीको प्रयोग गर्दै लिड-इट र स्मार्ट की-सीस्टमजस्ता फिचर थप गर्दै ल्याइएका छन् । बाइकको डिजाइन यति आइकोनिक छ कि सन् २०१४ मा जापानमा यसको थ्रिडाइमेन्सन ट्रेडमार्क रजिष्ट्रेसन गरिएको पहिलो मोटरसाइकल भएको थियो । यसमा १२५ सीसीको इञ्जिनको प्रयोग भएको छ, जसमा ड्यू-रेवल च्यासिस र सस्पेन्सन प्रयोग गरिएको भएको छ । जसले सहरी क्षेत्रमा प्रयोगको लागि आरामदायी बनाउनेछ ।
होन्डाले ६० वर्षको इतिहासमा १० करोडभन्दा बढी सुपर-कब बनाइसकेको छ, जसको नोजदेखि टेलसम्म जोड्ने हो भने पृथ्वीलाई ५ पटक घुम्म सकिनेछ । यो मोटरसाइकल महिला तथा पुरुष दुवैलाई चढ्न सजिलो हुने किसिमको रहेको छ ।


