ब्रेजाले तोड्यो आफ्नै रेकर्ड, हरेक ४ मिनेटमा भारतमा बिक्छ १ यूनिट

मारुती सुजुकीले आफ्नो सबकम्प्याक एसयूभी भिटारा ब्रेजा हरेक ४ मिनेटमा एक यूनिट बिक्री गर्ने गरेको तथ्यांक बाहिर ल्याएको छ । 

यो मोडल मासिकरुपमा सबैभन्दा बढि बिक्री हुने सब कम्प्याक एसयूभी बनेको हो । 

सार्वजनिक भएयता सन् २०१७ को जुलाई महिनामा यो गाडी १५ हजार २४३ यूनिट बिक्री भएको थियो । उक्त आफ्नो सार्वधिक बिक्रीको रेकर्डलाई तोड्दै कम्पनीले २०१८ मे महिनामा १५ हजार ६२९ यूनिट बिक्री भएको थियो । 

२०१८ फेस्टिभ सिजन नजिकिएसँगै कम्पनीले अक्टोबर महिनामा १५ हजार ८३२ युनिट बिक्री गरेको छ । जुन अहिलेसम्मकै एक महिना भित्रको सर्वाधिक यूनिट बिक्री हो । 

मारुती सुजुकी भिटारा ब्रेजामा दिइएको १.३ लिटर एलडीडीआईएस डिजेल इन्जिनले ८९ बीएचपी र २०० एनएम टर्क उत्पादन गर्छ । यसमा २ हजार ५ सय मिमि ह्वीलबेश रहेको छ भने, ग्राउन्ड क्लेयरेन्स १ सय ९८ एमएम रहेको छ । 

यसले प्रतिलिटर २४.३ किलोमिटर माइलेज प्रदान गर्छ । यसमा सुरक्षाको लागि एबिएस, एयरब्याग लगायतका फिचर दिइएको छ । 


Back_to_top