हिरोको प्रिमियम मोटरसाइकल सोचेभन्दा कम मूल्यमा

काठमाडौं । हिरो मोटोकर्पले हार्लेसँगको सहकार्यमा तयार पारेको माभ्रिक ४४० मोटरसाइकलको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा हिरो माभ्रिक ४४० को सुरुवाती अनुमान भन्दा कम मूल्य १ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो ।

कम्पनीले माभ्रिक मोटरसाइकललाई बेस, मिड र टप गरी तीन भेरियन्टमा सार्बजनिक गरेको छ । बेस भेरिएन्टको मूल्य १ लाख ९९ हजार रुपैयाँ, मिड भेरियन्टको २ लाख १४ हजार रुपैयाँ र टप भेरियन्टको २ लाख २४ हजार रुपैयाँ (एक्स शोरुम) मूल्य निर्धारण गरेको हो ।

हिरोले मूल्य सार्बजनिककै अवसरमा मोटरसाइकलको प्रि–बुकिङ समेत खुल्ला गरेको हो । मार्च १५ तारिखभन्दा पहिले हिरो माभ्रिक मोटरसाइकल बुक गर्ने ग्राहकलाई कम्पनीले ‘वेलकम टू माभ्रिक क्लव अफर’ गरेको छ ।

यस अफरमा ग्राहकले १० हजार बराबरको मोटरसाइकल एशोसरिज र अन्य किटहरु दिने भएको छ । मोटरसाइकलको डेलिभरी भने अप्रिल महिनादेखि सुरु हुने जानकारी दिएको हो ।

हिरोले यसअघि हार्ले एक्स ४४० सार्वजनिक गरेको थियो । कम्पनीले भारतमा हिरोको प्लान्टमा तयार पारेको एक्स ४४० को बिक्री वितरण तथा सर्भिसको काम समेत हिरोले नै गर्दै आएको छ ।
कम्पनीले रोडस्टार डिजाइनमा तयार पारेको यो माभ्रिक ४४० मा राउन्ड सेप एलईडी हेडल्याम्प उपलब्ध छ । यसमा एच सेप डीआरएल देख्न सकिन्छ । यसमा एलईडी इन्डिकेटर, मस्कुलर फ्यूल ट्यांक तथा सिंगल पिस सेटअप दिइएको छ ।

यसमा एड्भान्स फिचरहरू डिजिटल डिस्प्ले, स्मार्टफोन कनेक्टिभिटी जस्ता फिचर पाउन सकिन्छ । उत्क्रीस्ट राइड प्रधान गर्नका लागि कम्पनीले यस मोटरसाइकलको इन्जिनलाई विषेश रुपमा लो एण्ड टर्कमा ट्युन पनि गरेको छ ।

यसमा कम्पनीले हार्ले एक्स ४४० कै इन्जिन प्रयोग गरेको छ । यो इन्जिनले २७ बीएच पावर तथा ३४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरका साथै स्लिपर एसिस्ट क्लच, डबल च्यानल एबीएस, अलोय ह्वील, टर्न वाइ टर्न नेभिगेशन जस्ता फिचर उपलब्ध छन् ।


Back_to_top