नेपालमा पाइने कुन इलेक्ट्रीक कारमा कति ग्राउन्ड क्लियरेन्स ?

काठमाडौं । थोरै अफरोड देख्ने वित्तिकै धेरैले आफ्नो कार त्यता लाँदैनन् । त्यसमा पनि विद्युतीय कार लाने आँट कसरी आओस् ।

विद्युतीय कारको तल्लो भागमा हाइ भोल्टेज ब्याट्री रहने भएको कारण यदि तल छोएको खण्डमा धेरै मानिस आत्तिने गरेको पाइन्छ । त्यसैले विद्युतीय होस् या पेट्रोल कार कसैले किन्ने योजना मात्रै बनाएको छ भने पनि ग्राउन्ड क्लियरेन्स कति छ भनेर सोधिहाल्छ ।

अहिले बजारमा सबैभन्दा चल्तीमा विद्युतीय कार नै भएको र त्यसमा ठूलो संख्या चीनबाट आउने भएको कारण धेरैले ग्राउन्ड क्लियरेन्समा चासो दिनु स्वभाविक हो । चीनको सहरी क्षेत्रको बाटोको लागि उपयुक्त डिजाइनमा आउने कार नेपाली सडकमा जहाँ त्यहि छुन्छ भन्ने मोविज्ञान धेरैमा रहेको पाइन्छ ।

चीनबाट आयात भएका १३ लाख रुपैयाँ देखिकै कार बजारमा पाउने भएको कारण ग्राहकको संख्या पनि धेरै हुनेनै भयो । त्यसोत विश्वकै लग्जरी ब्राण्ड बीएमडब्लूको इलेक्ट्रीक कार २ करोड ३० लाख मूल्य भएको पनि पाइन्छ । त्यसमा पनि धेरैको चासो ग्राउन्ड क्लियरेन्स नै हो ।

कुनको ग्राउन्ड क्लियरेन्स कति ?

बजारमा सबैभन्दा धेरै ईभी बिक्री हुने सेग्मेन्ट कम्प्याक्ट र मिडसाइज एसयूभी हो । लम्बाईमा ४००० देखि ४५०० एमएम भएका गाडी सबैभन्दा धेरै खोजिन्छन् ।

उक्त सेग्मेन्टमा टाटा नेक्सन, एमजी जेडएस ईभी, सेरेश-३, बीवाइडी एटो-३, हुन्डाई कोना र ओमोडा ई-५ जस्ता मोडल छन् । ओमोडा हालै मात्र नेपाली बजार आएको मोडल हो । त्यो बाहेक अन्य सबै मोडलको विगत मोडल अनुसार हेरेर धेरै छ । सेरेश-३ गत नाडा अटो शोबाट नेपालमा बिक्री सुरु भएको मोडल हो ।

सन् २०१९ को सुरुवातदेखि नै उपलब्ध हुन्डाई कोना र त्यहि वर्षको अन्त्यतिरबाट नेपाल आएको एमजी जेडएस ईभी, २०२१ बाट नेपाल आएको टाटा नेक्सन ईभी र २०२३ बाट नेपाल आएको बीवाइडी एटो-३ ले ग्राहकको मन जित्दै आएका छन् ।

यी एसयूभी मध्ये सबैभन्दा धेरै ग्राउण्ड क्लियरेन्स भएको पहिलो एसयूभी टाटा नेक्सन हो । नेक्सनमा १९० एमएम ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । सन् २०२१ मा यसको रहेको ग्राउन्ड क्लियरेन्स सबैले खुब मनपराए ।

पाँच महिना अघि नेपाल आएको सेरेस-३ मा पनि १९० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । ठूलो गाडीमा धेरै ग्राउन्ड क्लियरेन्स भएकै कारण छोटो समयमा सेरेस-३ ले राम्रो बजार पायो ।

त्यस्तै केही दिनअघि मात्रै नेपाली बजारमा प्रबेश गरेको ओमोडा-५ मा १८० एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । किया ईभी सिक्समा १७८ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

त्यसैगरी बीवाइडी एटो-३ र एमजीको जेडएस ईभीमा भने समान १७५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । त्यसका अलावा बीवाइडी डल्फीनमा पनि १७५ एमएमकै ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीको भनाइ छ ।

हुन्डाईले बिक्री गर्दै आएको कोना ईभी र आयोनीक-५ मा समान १६० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

जे होस् ईभी चढ्नेहरु आफ्नो गाडीले तल नछोओस् भन्ने कुरामा सजग छन् । तर, हाम्रा बाटोको कारण कहिले काहिँ छुनसक्छ । यदि, छाइहाल्यो भने पनि ब्याट्रीमा क्षती पुग्दैन । कम्पनीहरुले ब्याट्री प्याकलाई एकदमै सुरक्षित कभरले ढाकेर राखेका हुन्छन् ।


Back_to_top