ईभी मात्रै उत्पादन गर्ने निर्णय पछि हट्यो ‘ल्याण्ड रोभर’, यस्तो छ कारण

काठमाडौं । विश्व प्रसिद्ध लग्जरी कार निर्माता ज्यागुअर ल्याण्ड रोभरले पेट्रोल कारको उत्पादन गर्ने घोषित समयसिमाबाट पछाडि हटेको छ । कम्पनीले सन् २०२५ वाट आफ्ना सबै उत्पादन विद्युतीय हुने घोषणा यसअघि गरेको थियो ।

सन् २०२१ मा नै कम्पनीले एक महत्वकांक्षी योजना सार्वजनिक गर्दै सन् २०२६ सम्ममा ल्याण्डरोभर ब्राण्डमै ६ वटा नयाँ विद्युतीय कार उत्पादन गर्ने जनाएको थियो । तर, कम्पनीले पछिल्लो समय विद्युतीय कारको माग विश्वव्यापी रुपमा नै बढ्न नसकेको भन्दै अर्को अप्सनमा झुकाव बढाउने जनाएको हो ।

कम्पनीले अब प्योर विद्युतीय कार नभएर ‘प्लगइन हाइब्रिड टेक्नोलोजी’ विकासमा काम गर्ने योजना सार्वजनिक गरेको हो । कम्पनीले छोटो समयमा प्लगइन हाइब्रिड कार बजारमा ल्याउने योजना बनाइरहेको जनाएको छ ।

सन् २०२३ मा जेएलआरको युरोपियन बजारमा प्लगइन हाइब्रिड मोडलको बिक्री ६८ प्रतिशतले बढेको छ । तर, इभीको बिक्री भने उत्साहजनक नरहेको कम्पनीको भनाइ छ ।

कम्पनीले रेन्ज रोभर मोडललाई प्लगइन हाइब्रिड इन्जिनमा ल्याउने भएको छ । त्यस लगत्तै रेन्ज रोभर स्पोट्स पनि बजारमा ल्याउने छ । यी दुबै एसयूभी जेएलआरको एमएलए प्लेटफर्ममा बन्नेछ ।


Back_to_top