चाडपर्वको अवसर पारेर भारतीय बजारमा अटो निर्माता कम्पनीहरुले आफ्ना नयाँ नयाँ मोडल सार्वजनिक गरेका थिए ।
मारुती सुजुकी, हुन्डाईलगायतका कम्पनीहरु सदावहार रुपमा बजारमा आफ्ना मोडल ल्याउन सफल भैरहेका छन् । अक्टोबर महिनामा मारुती र हुन्डाईका कार नै सबैभन्दा धेरै बिक्री भएका छन् ।
सर्वाधिक बिक्री हुने कारको सूचीमा पहिलो स्थानदेखि ५ औं स्थानसम्म मारुती सुजुकीका कारहरु रहेका छन् भने छैटौं, सातौं र आठौं स्थानमा हुन्डाईका कारहरु परेका छन् ।
अक्टोबर महिनामा अल्टो २२ हजार १८० यूनिटका साथ सर्वाधिक बिक्री हुने कार भएको छ । दोस्रो सथानमा रहेको बलेनो १८ हजार ६५७ यूनिट विक्री भएको थियो । सुजुकी डिजाएरले बलेनोलाई पछ्याउँदै तेस्रो स्थानमा रहेको छ । अक्टोबरमा डिजायर १७ हजार ४०४ युनिट विक्री गरेको छ ।
त्यस्तै, टप १० सेलीङ लिष्टको चौथो नंबरमा मारुती सुजुकी स्विफ्ट परेको छ । १७ हजार २१५ यूनिट विक्री भएको स्वीफ्टलाई पक्ष्याउँदै भिटारा ब्रेजा १५ हजार ८३२ युनिट विक्रीका साथ पाँचौ स्थानमा परेको छ ।
त्यस्तै, हुन्डाई इलाईट आइ२०, हुन्डाई ग्रान्ड आइ१० र हुन्डाई क्रेटाले स्थान पाएका छन् । हुन्डाई एलाइट आई २०ले १३ हजार २९० यूनिट विक्री गरी छैटौं नम्बरमा आफ्नो स्थान बनाएको छ । त्यसलाई पछ्याउँदै हुन्डाई ग्रान्ड आइ१०ले ११ हजार ८२० यूनिट विक्रीका साथ लिष्टमा सातौं स्थान बनाउँदा हुन्डाई क्रेटााले ११ हजार ७०२ यूनिट विक्री गर्दै आठौ स्थान हासिल गरेको छ ।
त्यसैगरी अक्टोबर महिनामा मारुती सुजुकी वागेनआर र मारुती सुजुकी सेलेरिओले क्रमश १० हजार ६५५ यूनिट र ९ हजार २६० यूनिट विक्रि गरेका छन् । वागेन आर लिष्टको नवौं स्थानमा रहेको छ भने सेलेरिओ १० औं स्थानमा रहेको छ ।


