जापानी अटो उत्पादक कम्पनी टोयोटाद्वारा उत्पादित पाँचौ जेनेरेसन र्याभ-फोर केही समय अगाडिनै सार्वजनिक भएको थियो । कम्पनीले उक्त मोडलको सार्वजनिक अमेरिकाबाट गरेको हो । अब भने यो मोडललाई अष्ट्रेलियामा समेत बिक्री गर्ने योजना कम्पनीले बनाएको छ । टोयोटाले नयाँ जेनेरेशन र्याभ–फोरलाई हाइब्रिड इन्जिनमा बजारमा उपलब्ध गराउने छ ।
र्याभ९फोरलाई टोयोटाको निक्कै चर्चित मोडलको रुपमा लिइन्छ । अमेरिकी बजारमा टायोटाले कोरोला, हाइल्यान्डर, ट्याकोमा जस्ता लोकप्रिय मोडल बिक्री–वितरण गर्दैआएको टोयोटाले नयाँ जेनेरेशन र्याभ-फोरबाट बजार बिस्तारमा सहयोग पुग्ने अपेक्षा गरेको छ ।
पाँचौ जेनेरेसन र्याभ-फोरमा समावेश केही महत्वपूर्ण विशेषताहरू यस्ता रहेका छन् ।
इन्जिन
इन्टेरियरमा आधुनिक विशेषता समेटिएको छ । यसमा हेडअप डिस्प्ले अप्शन उपलब्ध छ भने इन्टियून ३.० इन्फोटेनमेन्ट प्रणाली जडान गरिएको छ । त्यस्तै, जेबीएल अडियो र एप्पल–कार–प्ले यसका थप विशेषता हुन् ।
गाडीमा २.५ लिटर डाइनामिक फोर्स इनलाइन फोर, मल्टिहोल डाइरेक्ट इन्जेक्सन इञ्जिनको प्रयोग गरिएको छ । भेरिएवल कुलिङ सिस्टम विशेषता रहेको यस इञ्जिनले २०७ बीएचपी पावरकासाथै २२१ एनएम टर्क उत्पादन गर्छ ।
अल ह्वील ड्रइभ अप्सनमा बजारमा आएको नयाँ जेनेरेशन र्याभ-फोरको हाइब्रिड सिस्टम मोटरले इन्धन बचतमा निकै सहयोग गर्ने कम्पनीले दाबी गरेको छ ।
अग्रेशिप लूक्स
र्याभ-फोरलाई निकै अग्रेशिप लूक्स दिइएको छ । एफटीएसी अवधारणामा आधारित यो मोडललाई निकै परिमार्जन गरिएको कम्पनीले जनाएको छ । कारमा अत्याधुनिक विशेषताअन्तर्गत फेन्डर–फ्लेअर्स, रुफ–फिक्चर, दुईवटा बार–ग्रिल लगाइएको छ । साथै, कारमा टेललाइट, ब्राइट बेजल्स, लोअर बम्पर क्लेडिङ्गसमेत दिइएको छ ।
परिमार्जित ड्राइभिङ डायनामिक सिस्टम
टोयोटा न्यू ग्लोबल आर्किट्रेक्चर अवधारणामा निर्माण गरिएको छ । जसको प्रयोग यसअघि कम्पनीले उत्पादन गरेको हाइब्रिड मोडल पियुषदेखि सी–एचआर क्रसओभर, क्याम्रीदेखि आयुससम्म यही अवधारणामा निर्माण गरेको छ । यसकारण पुराना मोडलको तुलनामा र्याभ-फोरले उत्कृष्ट ड्राइभिङ पफर्मेन्स दिने कम्पनीको दाबी छ ।
सुरक्षा फिचर
सुरक्षालाई मध्यनजर गर्दै कारमा इन्–कर्पोरेटेड इमर्जेन्सी ब्रेकिङ सिस्टम, प्रि–कोलुसन वार्निङ दिइएको छ भने, ल्यान्ड किपिङ्ग वार्निङ प्लस असिस्ट, अटो हाई बिम, क्रूज कन्ट्रोल, रियर क्रश ट्राफिक अलर्ट, टच–नक सेफ्टी स्वीटजस्ता विशेषता उपलब्ध छ ।
नेपालमा कहिले ?
नेपाली बजारमा पनि सन् २०१९को मध्यसम्ममा पाँचौ जेनेरेशन र्याभ–फोर आउने अनुमान गर्न सकिन्छ ।


