चर्चामा ‘ईभी बबल ब्रस्ट’, जापानी ब्राण्डहरु निरन्तर काम गर्दै

काठमाडौं । चिनियाँ विद्युतीय कार ब्राण्ड हाइफिले आगामी ६ महिना आफ्ना सबै उत्पादन बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले अर्को चिनियाँ ब्राण्ड चांगनसँग मर्जको कुरा अगाडि बढाइरहेको छ ।

अमेरिकी कम्पनी फोर्डले एफ १५० लाइटनीङ इलेक्ट्रीक पीकअपको बिक्री प्रक्षेपण पुनविचार गर्दै परिमार्जन गरेको छ । अर्को, अमेरिकी कम्पनी जनरल मोटर्सले विद्युतीय पीकअप उत्पादन गर्ने योजना पछाडि सारेको छ ।

कोरियन ब्राण्ड हुन्डाई ग्रुपले आफ्नो प्रिमियम ब्राण्ड जेनिससको विद्युतीय कार उत्पादन गर्ने रणनीतिमा चुक भएको बताएको छ । धेरै वटा युरोपियन ब्राण्डले विद्युतीय कार मात्रै उत्पादन गर्ने यसअघिको घोषणलाई पछि सारिरहेका छन् ।

धेरै ईभी रुचाउनेहरुले जापनीज अटो ब्राण्डले परिवर्तनलाई अंगिकार गर्न हिचकिचाएको आरोप लगाउँदै आएका थिए ।

सन् २०२० देखि २०२३ सम्म विश्वभर अटो उत्पादकहरुले गरेका महत्वाकांक्षी घोषणा र अहिले आएर तीनै कम्पनीहरुले तत्काल ईभी सम्बन्धी गरेका घोषणाले विश्व बजारमा ईभीको ‘बबल ब्रस्ट’ हुन लागेको संकेत गर्छ ।

तर, जापनीज अटोमोवाइल ब्राण्ड भने आफ्नो विद्युतीय कार उत्पादन गर्ने रणनीतिमा आफुहरु अडिक रहेको जनाएका छन् । यसअघि टोयोटाले विश्वका धेरै देश र कम्पनीहरुले सार्वजनिक गरेका बिद्युतीय कारको योजनामा शंका गरेको थियो ।

त्यसैले टोयोटासँगै अन्य जापनीज ब्राण्डहरु होन्डा, निसान, माज्दा, सुबारु जस्ता कम्पनीले पूर्णतया ईभीमा रुपान्तरण हुने योजना कहिल्यै बाहिर ल्याएनन् ।

धेरै ईभी रुचाउनेहरुले जापनीज अटो ब्राण्डले परिवर्तनलाई अंगिकार गर्न हिचकिचाएको आरोप लगाउँदै आएका थिए । सबैले टेस्लालाई लक्षित गर्दै जापानीज लिगेसी ब्राण्डहरु ईभीमा परिवर्तन हुन ढिला भएको जनाइरहदा जापनीज अटो कम्पनीहरु भने छिटै ईभीमा मन्दी आउनेमा निश्चित देखिन्थे ।

जापनीज अटो कम्पनी निसानका चिफ फाइनान्स अफिसर स्टेफिन माले इलेक्ट्रीक गाडीको बिक्री सधै एकै किसीमले नबढ्ने र यसमा पनि तलमाथि हुने बताएका छन् । तर, भविष्यमा ईभीको बजार बढ्ने उनको भनाइ छ ।

उनका अनुसार अहिले देखिएको ईभीको मागमा भएको गिरावटको कारण निसानले ईभीबाट आफ्नो ध्यान नहटाउने जनाएका छन् । कम्पनीले सन् २०२१ मै पाँच वर्षमा इलेक्ट्रीक भेहिकलमा १३.२ बिलियन डलर लगानी गर्ने जनाएको थियो ।

उनको भनाइमा होन्डा र सुबरुले पनि समर्थन गरेको छन् । उनिहरुले पनि आफ्नो ईभी प्लानमा रिभाइज नगर्ने जनाएको छन् । तर, टोयोटा भने हाइब्रिड इन्जिनमा नै केन्द्रित देखिन्छ ।

टोयोटाले गत बर्ष हाइब्रिड गाडिको बिक्रीमा रेकर्ड बनाएको थियो । कम्पनीले सन् २०२५ मा ५० लाख हाइब्रिड इलेक्ट्रीक कार बिक्री गर्ने योजना बनाएको छ । हाइब्रिडमा सफलता पाएता पनि टोयोटाका सीएफओ योची मियाजाकीले कम्पनीले ईभीका सबै अप्सनहरु ब्याट्री इलेक्ट्रीक, प्लगइन हाइब्रिड तथा हाइड्रोजन फ्यूल सेलमा लगानी निरन्तर गरिरहेको बताएका छन् ।


Back_to_top