चांगनको हन्टर पीकअप बन्यो पहिलो ‘ईआरभी हाइब्रिड’ मोडल

काठमाडौं । चिनियाँ अटोमोवाइल कम्पनी चांगानले विश्वको पहिलो एक्सटेन्डेड रेन्ज ईभी (इआरइभी) भेहिकल लन्च गरेको छ । चांगानको हन्टर पीकअपमा प्रयोग भएको यो प्रविधि ईआरभी हाइब्रिड हो ।

इलेक्ट्रीक मोटर र पेट्रोल इन्जिन दुबै रहेको हन्टर पीकअप ट्रक विश्वकै पहिलो ईआरइभी टेक्नोलोजी भएको ट्रक हो । यो पीकअपमा सिंगल मोटर अप्सनमा १३० किलोवाटको रियर इलेक्ट्रीक मोटर रहेको छ । ड्यूल सेटअपमा अगाडि छुट्टै ७० किलोवाटको मोटर पाउन सकिन्छ ।

दुबै मोटरमा पावर दिन यसमा ३१.१८ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ । उक्त पीकअप प्योर इलेक्ट्रीक भर्सनमा १८० किलोमिटरसम्म चल्ने सीएलटीसीले प्रमाणित गरेको छ ।

इलेक्ट्रीक मोटरका अलावा यसमा २.० को पेट्रोल इन्जिन छ । उक्त इन्जिनले १४० किलोवाट पावर जेनेरेट गर्छ । सीरीज हाइब्रिड टेक्नलोजी भएकाले यो इन्जिनले सिधै चक्का भने गुडाउँदैन । इन्जिनले बिजुली उत्पादन गर्ने काम मात्रै गर्छ ।

यसको ब्याट्री फुल चार्ज र फुल ट्याङ्की डिजेलले १ हजार ३१ किलोमिटर यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । ड्यूल क्याव डिजाइनमा रहको हन्टर पीकअपको २९ डिग्री अप्रोच एङ्गल तथा २७ डीग्री डिपार्चर एङ्गल छ ।

यसको इन्टेरियरमा आधुनिक एसयूभीमा हुने सबै फिचर रहेको छन् । १२ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ७.५ इन्चको डिजिटल इन्टुमेन्ट स्कृन दिइएको छ । साथै, क्रुज कन्ट्रोल, टर्न असिस्ट, अटोमेटीक वाइपर, भोइस कन्ट्रोल, ४० वाटको वायरलेस फोन चार्जर, डिटेड तथा लेदरेट सिट, रियर भेन्टसहितको एयर कन्डिसन, ६ वटा स्पीकर पाउन सकिन्छ ।

अलह्वील ड्राइभ र रियर ह्वील ड्राइभ गरी ८ भेरियन्टमा आएको पीकअप ट्रकको मूल्य चीनमा २० हजार ८५० देखि ३१ हजार १५० डलरसम्म छ । हन्टर पीकअपको रेगुल मोडल नेपालमा पनि उपलब्ध भएको कारण हाइब्रिड मोडल पनि आउने सम्भावना छ ।


Back_to_top