हुन्डाई भर्नाको दुई नयाँ भेरिएन्ट सार्वजनिक, यस्ता छन् विशेषता

हुन्डाईले आफ्नो चर्चित भर्ना सेडानको लाइनअपमा दुई नयाँ भेरिएन्ट सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा हुन्डाई भर्नाको १.४ लिटर डिजेल इन्जिन र १.६ लिटर पेट्रोल इन्जिन गरी दुई नयाँ भेरिएन्ट सार्वजनिक गरेको हो । 

हुन्डाई भर्ना १.४ लिटर इन्जिनले ९० एचपी पावर उत्पादन गर्छ । यसबाहेक हुन्डाईले भर्ना १.६ लिटर रेन्जमा दुई नयाँ भेरियन्ट पेश गरेको छ । भर्ना १.६ लिटर पेट्रोल इन्जिन अब नयाँ एसएक्स प्लस ट्रिमकासाथ उपलब्ध छ ।

यसमा प्रोजेक्टर हेडल्याम्प, एलईडी डेटाइम रनिङ्ग लाइट, एलईडी टेल ल्याम्प, १६ इन्च अलोए–ह्वील, पावर फोल्डिङ्ग विग मिरर, ७.० इन्च इन्फोटेनमेन्ट सिस्टम, लेदरले ढाकिएको स्टेयरिङ्ग ह्वील, गियर नोब, वायरलेस चार्जिङ्ग र पुशवटन स्टार्ट जस्ता फिचर दिइएको छ । 

हुन्डाई भर्ना १.६ लिटर डिजेल एसएक्स (ओ) ट्रिमको सबैभन्दा टप रेन्जमा राखिएको छ । यसमा एड्जस्टेवल रियर सिट हेडरेस्टस्, भेन्टिलेटेड लेदर सिट्स, र टेलिस्कोपिक स्टेयरिङ्ग दिइएको छ । यसबाहेक सुरक्षाकाे लागि गाडीमा सिक्स–एयरब्याग दिइएको छ । 

हुन्डाई भर्ना १.६ लिटर पेट्रोल अटो एसएक्स–प्लसको मूल्य ११ लाख ५२ हजार भारतीय रुपैयाँ रहेको छ भने, नयाँ १.६ लिटर डिजेल अटो एसएक्स (ओ) को मूल्य १३ लाख ९९ हजार भारतीय रुपैयाँ रहेको छ । हुन्डाई भर्नाले बजारमा होन्डासिटी, मारुती सियाज, टोयोटा यारिस, फक्सवागेन–भेन्टो र स्कोडा र्यापीडसँग प्रतिस्पर्धा गर्नेछ । 


Back_to_top