काठमाडौं । ताइवानमा भएको फिफा एसियन अटो जीमखाना कार रेसिङ प्रतियोगितामा नेपाली रेसर अमर रंजित र अनिल बरालले प्रतिस्पर्धा गरेका थिए ।
अमर रंजित प्रतियोगिताको सेमिफाईनलको उत्कृष्ट ६ मा पुगेका छन् भने, अनिल बराल उत्कृष्ट प्रर्दशनकाबीच झिनो अन्तरले पछाडि पर्दै बाहिरेका छन् । यो नेपाली कार रेसरले पाएको उत्कृष्ट उपलब्धी हो ।
नेपाल मोटर स्पोर्ट क्लबका अध्यक्ष दिपक आचार्य तथा टिम म्यानेजर चंकी क्षेत्रीसहितको टिम ताइवान गएका थिए ।
‘नेपाली खेलाडीको प्रर्दशन हेरेर धेरै राष्ट्रले प्रेरणाको रुपमा लिएकोले हामी निकै उत्साहित भएका छौं’ टिम मेनेजर चंकी क्षेत्रीले मेरोअटोसँग भने ।
प्रतियोगितामा सहभागी र टिम मेनेजरलगायतका सहभागि नेपाली टोलीको रेसबाट निकै उत्साहित भएका छन् ।


