पछिल्लो समय महिन्द्राले नयाँ एसयूभी सार्वजनिक गर्ने क्रम जारी राखेको छ । केही समय अगाडि एमपीभी मराजो सार्वजनिक गरेको महिन्द्राले अल्ट्रास एसयूभीलाई अर्को हप्ता २४ नोभेम्बरमा सार्वजनिक गर्ने छ ।
कम्प्याक्ट एसयूभी सेग्मेन्टमा समेत नयाँ गाडी सार्वजनिक गर्ने तयारीलाई कम्पनीले अन्तिमरुप दिइरहेको जनाएको छ । भारतका बिभिन्न सडकमा नयाँ कम्प्याक एसयूभी कोण नेम (एस–२०१) सम्भावित नाम एक्सयूभी ३०० जनवरीमा सार्वजनिक गर्ने अनुमान सुरु भएको छ ।
महिन्द्राको कम्प्याक्ट एसयूभीले मारुती सुजुकी भिटारा ब्रेजा, फोर्ड इकोस्पोर्ट र टाटा नेक्सनसँग प्रतिस्पर्धा गर्ने अनुमान सुरु भएको छ । कम्पनीले नयाँ कम्प्याक एसयूभीमा १.५ लिटर ४ सिलिन्डर इन्जिनको दिएको छ । उक्त इन्जिनले १२३ बीएचपी पावरकासाथै ३०० एनएम–टर्क उत्पादन गर्छ ।
यसको प्रतिस्पर्धी मानिएका मारुती भिटारा ब्रेजामा १.३ लिटर डिजेल इन्जिनमा बजारमा उपलब्ध रहेको छ । यसले ९० बीएचपी पावरकासाथै २०० एनएम–टर्क उत्पादन गर्छ ।
अर्को अनुमानित प्रतिस्पर्धी टाटा नेक्सनमा १.५ लिटर डिजेल इञ्जिन दिइएको छ, जसले ११० हर्ष पावरकासाथै २६० एनटम–टर्क उत्पादन गर्छ ।
त्यस्तै, ईकोस्पोर्टमा उपलब्ध १.५ लिटर डिजेल इञ्जिनले १०० बीएचपी पावरकासाथै २०५ एनएम–टर्क उत्पादन गर्छ ।
यसरी हेर्दा अन्य प्रतिस्पर्धी मोडलको तुलनामा महिन्द्राको एस–२०१ निक्कै शक्तिशाली देखिएको छ ।
महिन्द्राले आफ्नो नयाँ कम्प्याक एसयूभीमा १७ इञ्च अलोय ह्वील दिइएको छ । फोर्ड ईकोस्पोर्ट सिग्नेचर तथा स्ट्रीममा सोही ह्वीलवेश लगाइएको छ ।
महिन्द्राले यो नयाँ मोडलमा मल्टीपल विशेषता दिइएको छ । जसमा प्यानोरामिक सनरुफ दिइएको छ, पछिल्लो समय अटो मार्केटमा यो विशेषता अत्याधिक रुचाईदै आएको छ । साथै, यसमा सासायोङ्ग टिभोलीबाट लिइएको प्रिमियम क्वालिटीको ड्यासबोर्ड उपलब्ध छ ।
मनोरन्जको लागि इन्फोटेनमेन्ट सिस्टम रहेको यसमा टचस्क्रिन डिस्प्ले दिइएको छ भने, क्रूज कन्ट्रोल, डबल जोन र अटोमेटिक क्लाइमेट कन्ट्रोलको विशेषता दिइएको छ ।
त्यस्तै, एस–२०१ मा एलईडी हेडल्याम्प्स र एलईडी डीआरएलईएस लगाइएको छ भने, एलईडी टेलल्याम्प दिइएको छ । सुरक्षालाई मध्यनजर गर्दै ७ एयरब्यागकासाथै एबीएस, ईएसपी र रियर पार्किङ्ग सेन्सर लगाइएको छ ।

