काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतीय बजारमा तेस्रो मोडल उत्पादन गर्ने भएको छ । कम्पनीले आफ्नो तेस्रो मोडलको रुपमा ‘बसाल्ट’ कुप्पे एसयूभी ल्याउने भएको हो ।
कम्पनीले बसाल्ट एसयूभीको कन्सेप्टलाई ग्लोवल प्रिमियर गर्दै २०२४ को मध्यसम्ममा नै यसलाई बजारमा उतार्ने जानकारी दिएको हो । कम्पनीको नयाँ एसयूभी सुरुमा पेट्रोल र त्यसको ६ महिनापछि इलेक्ट्रीक भर्सन आउने बताइएको छ ।

यसअघि पनि कम्पनीले सीथ्रीको पेट्रोल मोडल पहिला र इलेक्ट्रीक मोडल पछि ल्याएको थियो । कुप्पे डिजाइनमा टाटा कर्भदेखि महिन्द्रा एक्सयूभी ९ मोडलसम्म बजारमा आउने तयारी भइरहेको समयमा सिट्रोले पनि त्यही सेग्मेन्टमा आफुलाई उतार्न लागेको हो ।
डिजाइनको आधारमा सिथ्री र सिथ्री एयरक्रसभन्दा फरक देखिएको बसाल्टमा फरक डिजाइन ह्वील, पुल टाइल ह्याण्डल, सबै लाइट एलइडी रहने छ । नयाँ डिजाइनमा तयार हुँदै गरेको बसाल्ट ४.३ मिटर लामो हुनेछ ।
भारतमा उत्पादन हुने सिट्रोनको सबैभन्दा फिचर लोडेड बन्ने बसाल्ट एसयूभीमा अटो फोल्डीङ मिरर, अटोमेटीक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, वायरलेस चार्जर, पुस बटम स्टार्ट, किलेस इन्ट्री रहने छ ।
कम्पनीले यसमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन रहनेछ । यसको अधिकतम पावर १०० पीएस हुने बताइन्छ । इलेक्ट्रीक मोडलमा रहने मोटर, ब्याट्री लगायतका कुनै पनि टेक्नीकल डिटेल बाहिर ल्याइएको छैन ।


