हिरोको दुई नयाँ मोडलहरू भारतीय बजारमा सार्वजनिक हुने भएका छन् । कम्पनीकाअनुसार मार्च २०१९ मा एक्सपल्स–२०० र एक्सपल्स–२०० टी गरी दुई नयाँ मोडल भारतीय बजारमा सार्वजनिक हुने भएको हो ।
गत महिना डेस्टीनी–१२५ लञ्च गर्दै हिरो मोटोकर्पको सीटीआले ब्राउन–स्पेर्गरले थप दुई नयाँ मोडल छिट्टैै नै सार्वजनिक गर्ने बताएका थिए ।
कम्पनीले एक्सपल्स–२०० टीलाई ईआसीएमए मोटर शो–२०१८ मा सार्वजनिक गरिसकेको छ । हिरो एक्सपल्स–२०० टीमा आधुनिक प्रविधि र रेट्रो स्टाइलिङ्ग दिइएको छ ।
हिरो एक्सपल्स–२०० टीले आरामदायी यात्रा दिन्छ भने, यो लामो दूरीको यात्राको लागिसमेत निकै उपयोगी हुनेछ । यसमा उपलब्ध फिचरहरुमा ब्लू–टुथ कनेक्टिभीटी, डिजिटल स्पीडोमिटर, नेभिगेसन, एलईडी हेडलाइट र टेल–ल्याम्प दिइएको छ । साथै सुरक्षाको नयाँ मादन्ड अनुसार सिङ्गल च्यानल एबीएस उपलब्ध रहेने छ ।
हिरो एक्सपल्स–२०० इन्ट्री–लेभल एड्भेन्चर टुरर बाइक हो । एक्सप्ल्स–२०० को फ्रन्ट र रियरमा २१–१८ इन्च वायर स्पोक–ह्वील र १७ इन्च अलोए–ह्वील दिइएको छ ।
कम्पनीले यी दुई बाइकमा २०० सीसी, लिक्वीड कुल सिङ्गल सिलिन्डर इन्जिनमा उपलब्ध गराउने छ । उक्त इन्जिनले १८ बीएचपी पावर र १७ एनएम–टर्क प्रदान गर्छ । यसमा फाइभ–स्पीड ट्रान्समिसन जडान गरिएको छ ।


