स्काइवेलको प्रमोशन गतिविधि सुरु, छिट्टै बिक्री सुरु हुने

काठमाडौं । चिनियाँ ब्राण्ड स्काइवेलको एसयूभी नेपाल आएको केही दिन भएको छ । जी मोटर्सले नेपाल ल्याएको स्काइवेल ईटी फाइभको विभिन्न स्थानमा परिक्षण भइरहेको कम्पनीले जनाएको छ ।

‘अहिले हामी सडक अनुसारको पर्फमेन्स, लग्जरी, रेन्ज लगायतका विषय परिक्षण गर्दैछौं । चाँडै बिक्री सुरु हुन्छ’, जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले मेरोअटोसँग भने ।

यसबीचमा पूर्वको लामो यात्रासँगै बीराटनगरदेखि इलाम शाखेजुङ्गसम्मको अफरोड मोटर र्यालीमा पनि इटी–फाइभलाई सहभागि गराइएको गेलालले जानकारी दिए ।

उक्त र्याली एनवाईअफ बिराटनगर, सुनसरी एबंम झापा च्याप्टरले आयोजना गरेको थियो । त्यसको मुख्य प्रायोजक स्काइवेल रहेको जानकारी गेलालले दिए ।

उक्त र्याली इटहरी, धरान, भेंडेटार हुँदै तमोर करिडोरबाट फिदिम बजार पुगेर इलामको शाखेजुङ्ग पुगेको थियो । उक्त अफरोड र्यालीको उद्देश्य पुर्व क्षेत्रको पर्यटन वृद्दीमा सहयोग पुर्याउनु रहेको थियो ।

सिंगल चार्जमा ६२० किमी रेन्ज दावी गरिएको ईटी-५ चाँडै बिक्री सुरु हुने कम्पनीले जनाएको छ । ५ जनाले यात्रा गर्न सकिने एसयूभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

स्काइवेलले यो एसयूभीमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । यसमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर पाउन सकिन्छ ।


Back_to_top