प्योर इलेक्ट्रीकमा टेस्ला अगाडि, पछ्याउँदै बीवाइडी

काठमाडौं । सन् २०२४ को पहिलो तीन महिनामा टेस्लाले बीवाइडीलाई पछाडि पार्दै नम्बर वानको ताज खोसेको छ । यसअघि सन् २०२३ को चौथो क्वाटरमा बीवाइडीले टेस्लासँग नम्बर वानको ताज खोसेको थियो ।

बीवाइडीको बिक्री सन् २०२३ को चौथो क्वाटरभन्दा २०२४ को पहिलो क्वाटरमा ४३ प्रतिशत घटेको छ । चिनियाँ न्यू इनर्जी भेहिकल जाइन्ट टेस्लाले सन् २०२४ को पहिलो क्वाटरमा ३ लाख ११४ यूनिट बिक्री गरेको छ । जुन अघिल्लो क्वाटरमा ५ लाख २६ हजार ४०९ यूनिट थियो ।

पुन पहिलो स्थानमा फर्केको टेस्लाले भने तीन महिनामा ३ लाख ८६ हजार ८१० यूनिट विद्युतीय कार बिक्री गरेको हो । टेस्लाको बिक्री पनि अघिल्लो क्वाटरको तुलनामा २०.२ प्रतिशतले घटेको छ ।

पछिल्ला ४ वर्षदेखि निरन्तर बिक्री बढाउँदै आएको टेस्लाले पहिलो पटक गिरावट देखेको हो । चिनियाँ बजारमा बिक्री घट्दा त्यसको असर यी दुबै ब्राण्डमा परेको प्रस्ट देखिन्छ ।


Back_to_top