फक्सवागेनलाई भारतमा झड्का, गरियो १०० करोड जरिवाना

फक्सवागेनलाई भारतीय बजारमा ठूलो धक्का लागेको छ । नेशनल ग्रिन ट्रिब्युनल (एनजीटी)ले कम्पनीलाई १०० करोड भारतीय रुपैयाँ जरिवाना गरेको छ । जर्मन कार निर्माता कम्पनी फक्सवागेनले डिजेल डिभाइसमा छेडछाड गरि वातावरणमा गम्भीर असर पारेको भन्दै उक्त जरिवाना गरिएको हो । 

भारतीय बजारमा २००८ देखि २०१५ सम्मा बेचिएको करिब ११ लाख सवारीसाधनमा छेडछाड भएको र ति सवारीसाधनले मानव जीवनमा गम्भीर असरगर्ने नाइट्रिक अक्साईड उत्पादन गरिरहेको थियो ।

कम्पनीको विरुद्धमा एनजीटीमा एक शिक्षिकाले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा एनजीटीका चेयरम्यान आर्दश कुमार गोयलको अध्यक्षतामा बसेको बेन्चले पर्यावरण र उद्योग मन्त्रालय तथा अटोमोवाईल रिर्सच एसोसिएसनको संयूक्त कमिटिले दिएको रिपोर्टको आधारमा कारवाही गरेको हो । 

फक्सवागेनले यो स्क्यान्डलमा अहिलेसम्म अर्बौ डलर जरिवाना तिरिसकेको छ भने, कम्पनीका उच्चतहका अधिकारीलाई जेलसमेत भैसकेको छ ।


Back_to_top