बीएमडब्ल्यूले आफ्नो नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले नयाँ मोडल ‘२०१९ एस–१००० आरआर’ लाई इटालीको मिलानमा हिजो सम्पन्न भएको EICMA मोटर शो २०१८ मा सार्वजनिक गरेको हो ।
सन् २०१९मा बजारमा बिक्रीको लागि ल्याउने तयारी भइरहेको यो बाइकको लुक्समा कम्पनीले केही परिवर्तन गरेको छ । यो बाइक सडकमा चल्दा तिव्र गतिमा गुड्ने बाइकहरूमध्ये दोस्रो बाइक हुनेछ भने अन्य बाइकभन्दा १० केजी हलुङ्गो र सजिलै रोक्न सकिने हुनेछ ।
बाइकमा एबीएस, ग्रीप्स, ह्यान्ड प्रोटेक्सन, डीटीसी, अन–बोर्ड–कम्पिटीशन, क्रुज कन्ट्रोल, एन्टी–थेफ्ट–अर्लाम सिस्टमलगायतका फिचरहरू उपलब्ध गरिएको छ ।
कम्पनीले यस बाइकमा नयाँ पावर हाउसको डिजाइन गरेको छ, जसले २०३.८ बीएचपी पावर र ८३.३ टर्क जेनेरेट गर्छ । कम्पनीकाअनुसार यस बाइकमा सिफ्टकाम प्रविधि थपिएको छ ।
ग्राहकलाई आकर्षित गर्नका लागि कम्पनीले बिक्रीपछिको सेवालाई पनि विशेष जोड दिने बताइएको छ । कम्पनीले यस बाइकमा १ वर्ष वारेन्टी सुविधासमेत दिने छ ।
कम्पनीले २०१९ एस–१००० आरआर बाइक आफ्नो पुरानो मोडल २०१७ बीएमडब्ल्यू एस–१००० आरआरको नयाँ भर्सन हुने विश्वास लिएको छ । यसमा युरोपियन ब्रेक डाउन रिकभरी एसिस्टेन्ट पनि उपलब्ध छ । कम्पनीले यो बाइकको आधिकारीक मूल्य भने खुलाएको छैन ।

