काठमाडौं । जापानी कार निर्माता होन्डाले चीनमा ‘वाइई ब्राण्ड’को ईभी सिरिज देखाएको छ । कम्पनीले वाइई नामबाट इलेक्ट्रीक कारको सिरिज नै उत्पादन गर्ने भएको हो ।
सन् २०२७ सम्ममा ६ वटा ईभी मोडल लन्च गर्ने घोषणा गरेको होन्डाले यसअघि नै ईएन सिरिजमा विद्युतीय कार लन्च गरेको थियो ।
बेइजीङमा भएको लन्चिङ कार्यक्रममा वाइई सिरिजका ईभीमा नयाँ इलुमीनेटेड एच लोगो दिइएको देखिन्छ । होन्डाका अनुसार वाइई सिरिजमा प्योर इलेक्ट्रीक आर्किटेक्चरको प्रयोग गरिएको छ ।
होन्डा वाइईको जीटी कन्सेप्टको वाइड ग्राण्ड टुअरर ईभीमा सबैको ध्यान आकर्षित भएको थियो । यो ईभी चीनमा औषत ३२ वर्ष उमेर भएका आरएण्डडी टीमले डिजाइन गरेका हुन् ।
एसयूभीको अगाडि वारपार लाइट स्ट्रीप रहेको छ । यसमा सीएटीएलले उत्पादन गरेको ब्याट्री, हुवावेको इन्टेलीजेन्ट ककपीट, आईफ्लाई टेकको भोइस कन्ट्रोल सिस्टम जस्ता चीनमा बनेका टेक्नोलोजी यसमा प्रयोग भएको छ ।
यसको क्यावीन फ्यूचरिस्टीक तथा स्पोर्टी डिजाइनमा छ । होन्डाका अनुसार यसको ड्राइभर सिट रेस ड्राइभरको जस्तो एक्सपिरेन्स दिने डिजाइनमा छ । कम्पनीले वाइई पी-सेभेन र एस-सेभेन यहि वर्षको अन्त्यसम्ममा बिक्री सुरु हुने बताइएको छ ।


