पेट्रोल बिना चल्ने स्प्लेन्डर !

भारतको पन्जावका एक मेकानिकले हिरो स्प्लेन्डर मोटरसाइकललाई इलेक्ट्रीक भर्सनमा परिमार्जन गरेका छन् । उनले आईसी इन्जिनको स्थानमापावर सप्लाई हुने गरी ब्याट्री र मोटर जोडेर इलेक्ट्रीक बाइक बनाएका हुन् । 

उनले परिमार्जन गरेको हिरो स्प्लेन्डर–प्लस निकै राम्रोसँग सञ्चालनमा आइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । बजारमा स्प्लेन्डरलाई इलेक्ट्रीक बनाएर गुडाउन थालिएपनि कम्पनीले यसको मोडल इलेक्ट्रीकमा ल्याउने वा नल्याउने भन्ने विषयमा कुनै जानकारी दिएको छैन ।

इलेक्ट्रीकमा हिरो

सन् १९५६ मा भारतीय बजारमा प्रवेश गरेको हिरो कम्पनीले विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै इलेक्ट्रीक टु ह्वीलरको उत्पादनमा केन्द्रित गरेको जनाएको छ ।

सन् २००७ मा भारतको पन्जाव र लुधियानबाट इलेक्ट्रीक सवारी उत्पादन गर्दै आएको कम्पनीले इलेक्ट्रीक युनिट स्थापनाको दशौँ वर्ष पूरा गरिसकेको छ । 

भारतकै सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक कम्पनी हिरोको दुई लाख बढी ग्राहक रहेका छन् । पछिल्लो समय कम्पनीले नयाँ प्लाट–फर्म तथा संरचनामा आधारित मोटरसाइकल तथा स्कुटर निर्माण गर्दैआएको छ । 

सन् २०१७ र २०१८ बीचमा कम्पनीले इलेक्ट्रीक स्कुटर अप्टीमा डी–एक्स सार्वजनिक गरेको थियो । कम्पनीले आगामी वर्षसम्ममा इलेक्ट्रीकमा १० प्रतिशत व्यापार बृद्धि गर्ने योजना बनाएको छ ।


Back_to_top