काठमाडौं । महिन्द्राले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी एक्सयूभी ४०० लाई नेपालमा परिक्षण सुरू गरेको छ । कम्पनीले दुई साता अगाडि नेपाल ल्याएर एक्सयूभी ४०० को परिक्षण गरिरहेको हो ।
महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोरेट प्रालिले ल्याएर परिक्षण गरिरहेको एक्सयूभी ४०० बजेट लगत्तै बिक्री सुरु हुने अनुमान गरिएको छ । साइजका हिसावले टाटा नेक्सन ईभीभन्दा ठूलो र एमजी जेडएस ईभीभन्दा केही सानो एक्सयूभी ४०० आकर्षक फिचरले भरिपूर्ण एसयूभी हो ।
कम्पनीले भारतमा ईसी र ईएल गरी दुई भेरियन्टमा एक्सयूभी ४०० बिक्री गर्दै आएको छ । अहिले परिक्षण भइरहेको कुन भेरियन्ट हो भन्ने एकिन जानकारी कम्पनीले दिएको छैन ।
महिन्द्राले ईसी भेरियन्टमा ३४.५ र ईएल भेरियन्टमा ३९.४ किलोवाट आवरको ब्याट्री दिएको छ । एआरएआईका अनुसार सानो ब्याट्रीले सिंगल चार्जमा ३७५ किलोमिटर र ठूलो ब्याट्रीले ४५६ किलोमिटरको रेन्ज प्रमाणित गरेको छ ।
महिन्द्राले एक्सयूभी ४०० लाई फिचर लोडेड बनाउन अटो डिमिङ आइआरभीएम, भेन्टिलेटेड सिट, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, फग लाइट जस्ता फिचर दिएको छ ।
यसको क्याबिनमा नयाँ १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस एण्डरोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने नयाँ १०.२५ इन्चको डिजिटल टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस चार्जिङ प्याड, रियर एसी भेन्ट, ड्युल जोन क्लाइमेट कन्ट्रोल, पुस बटम स्टार्ट स्टप, कीलेस इन्ट्री, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता लेटेस्ट फिचर छन् ।
एक्सयूभी ४०० मा फन (इको), फास्ट (नर्मल) र फेयरलेस (स्पोर्टस) गरी तीनवटा ड्राइभिङ मोड रहेको छ । यसमा रहेको मोटर साइजको विषयमा पनि अग्नीले आधिकारीक जानकारी दिएको छैन । भारतमा भने ११० किलोवाटको मोटरमा उपलब्ध छ । सायद त्यहि मोटर क्षमतामा अहिले परिक्षण भइरहेको हुनुपर्छ ।

