बजाज पल्सर १५० ट्वीन डिस्कमा थपियो न्यू–ग्राफिक्स्

काठमाडौं । बजाज कम्पनीले २०१९ पल्सर १५० लाई परिमार्जन गर्दै नयाँ ट्वीन डिस्क र ग्राफिक्स जडान गरेको छ । नयाँ विशेषता समेटिएको पल्सर १५० निकै स्पोर्टी तथा आकर्षक देखिएको छ । रियर प्यानलकासाथै मोटरसाइकलका नयाँ फ्रन्ट फन्डर, फ्यिूल ट्याङ्क लगाइएको छ । बजाजले २०२० मा यसको पूर्ण परिमार्जित भर्सन बजारमा ल्याउने घोषणा गरिसकेको छ ।

यसका अलवा मोटरसाइकलको बाहिरी स्टाइल समान रेगुलर मोडलको जस्तै रहेको कम्पनीले जनाएको छ । मोटरसाइकलको फ्रन्टमा कन्भेक्सनल टेलिस्कोपिक–फर्क लगाइएको छ रियरमा ट्वाइन साइडेड ग्यास चार्जड स्प्रिङ्ग जडान गरिएकोछ । तर, यो मोटरसाइकलमा एबीएसको विशेषता भने उपलब्ध छैन ।

पल्सर १५० मा लगाइएको १४९.५ सीसी सिङ्गल सिलिन्डर ट्वाइनी स्पार्क मोटरले १४ पीएस पावरकासाथै १३.४ एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा फाइभ–स्पीड गियरबक्स लगाइएको छ । यो महिनाको अन्त्यमा बजाज पल्सर १५० क्लासिकको स्पेशल भर्सन सार्वजनिक गर्ने तयारी गरेको छ ।

स्पेशल एडिशन रातो, कालो र सिल्भर–ब्लाक तीन कलर अप्शनमा बजारमा आउने कम्पनीले जनाएको छ । यसको बजार मूल्य ६४ हजार ९ सय ९८ भारु निर्धारण गरिएको कम्पनीले जनाएको छ । परिमार्जित पल्सर १५० बारे भने कम्पनीले यही हप्ता जानकारी दिने कम्पनीको तयारी छ ।


Back_to_top