काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको छोटो समयमै ग्राहकको रोजाइम पर्न सफल एमजी-४ ईभीले २०२४ को उत्कृष्ट कारको उपाधि जितेको छ ।
न्युजिल्याण्डको प्रख्यात संचार कम्पनी स्टफले एमजी-४ ईभीलाई ‘टप कारस् २०२४’ अवार्ड दिएको हो ।
अवार्ड समारोहको निर्णायक मण्डलका सदस्य क्यामरुन अफिसरले एमजी-४ले न्यूजील्याण्डमा मात्रै नवौं उपाधि हात पारेको जानकारी दिए । ‘एमजीको प्रशंसा गर्ने हामी पहिलो होइनौं। एमजी-४को यो न्यूजील्याण्डमा मात्रै नवौं पुरस्कार जित हो,’ उनले भने ।
२०२२ मा बजारमा आएको एमजी-४ ईभीले ‘बेष्ट भ्यालु इलेक्ट्रीक कार २०२३’, ‘कार अफ द यर २०२३’, ‘ बेष्ट भ्यालू इलेक्ट्रीक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द यर’ जस्ता विभिन्न उपाधिहरू पाएको छ ।
गत वर्ष मा नेपाली बजारमा भित्रिएको एमजी-४ ईभी सहज यात्रा तथा किफायती मूल्यको लागि प्रसिद्ध छ । यो १०० वर्ष लामो इतिहास बोकेको विश्व चर्चित वेलायती कम्पनी हो । एमजी अत्याधुनिक प्रविधि, किफायति मूल्य, सहज यात्रा र वातावरण मैत्री विशेषताले गर्दा ग्राहकको रोजाइमा पर्ने गरेको छ ।
एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स रहेको छ । कम्पनीले हाल एमजी-४ ईभी, एमजी जेडएस ईभी, एमजी कोमेट ईभी गरी ३ वटा मोडेलका विद्युतिय र एमजी हेक्टर, एमजी एचएस, र एमजी एसटर गरी ३ मोडेलका इन्धन गाडीहरू बिक्रीवितरण गर्दै आएको छ ।

